ताजा समाचार

प्रहरी माथि गाडी चलाउने प्रसाईलाई किन पक्राउ नगरेकोः अध्यक्ष लिङ्देन

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले दुर्गा प्रसाईंलाई पक्राउ नगरिएको प्रति अपत्ती जनाएका छन् ।

आज बल्खुमा आयोजित खबरदारी सभामा बोल्दै लिङ्देनले प्रहरीमाथि गाडी चलाउने प्रसाईंलाई पक्राउ गर्न नसकेको प्रति प्रश्न गरेका हुन् ।

सभालाई सम्बोधन गर्दै उनले , ‘सबिन मर्हजनले के गल्ती गरेका कारणले छातिमा गोली खानु पर्यो, कोखामै ताकेर हान्नु पर्ने के कारण छ ?’ त्यस्तै, ‘त्यत्रो बेर घरमा आगो लाग्दा सुरेश रजकको उद्धार नगरिनु पर्ने के कारण छ ?’ भन्दै प्रश्न समेत गरे ।

लिङ्देनले  दुर्गा प्रसाईंलाई पक्राउ गर्न सकिन्थ्यो, तपाई माथि गाडी चलाउनेलाई किन पक्राउ नगरेको ? पक्राउ गर्न सकिन्थ्यो नि प्रहरी बिचैबाट कसरि भाग्न सफल भए । राज्यले प्रसाईंलाई पक्राउ नगरेर मञ्चमा भाषण गर्दै गरेको नेतालाई अश्रु ग्यास हानेकाले राज्यले के चाहेको रहेछ भन्ने पुष्टि भएको उनको भनाई छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org