नेपालको आर्थिक वृद्धि ४.४ प्रतिशत हुने एडीबीको प्रक्षेपण
काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ४.४ प्रतिशत हुने प्रक्षेपण एसियाली विकास बैंक (एडीबी)ले गरेको छ ।
एडीबी नेपाल आवासीय मिसनका प्रमुख अर्थशास्त्री इआन हान्सनले ट्रम्पको ट्यारिफ घोषणाले एसिया व्यासिफिक क्षेत्रको आर्थिक वृद्धिको प्रक्षेपण घटेर ४.९ प्रतिशतमा झर्ने उल्लेख गरेका छन् । अमेरिकी नीतिगत परिवर्तनबाट प्रक्षेपणलाई कमजोर बनाएको र अनिश्चय बढाएको उनको भनाइ छ ।
एडीबीका अनुसार अमेरिकी नीतिले चीनको आर्थिक वृद्धिमा सबैभन्दा बढी प्रभावित बन्ने देखिन्छ । पछिल्लो अमेरिकी नीति पछि चीन अमेरिकासँग सबैभन्दा गम्भीर व्यापार युद्धमा सामेल हुने देखिएकाले यस्तो प्रक्षेपण गरिएको छ ।यति हुँदाहुँदै पनि दक्षिण एसियाको भने गत वर्षको ५.८ प्रतिशतबाट ६ प्रतिशत पुग्ने प्रक्षेपण छ ।
चालु आर्थिक वर्षमा उत्पादनमूलक क्षेत्रको वृद्धि भने बढ्ने प्रक्षेपण एडीबीको छ । ‘चालु आर्थिक वर्षको पहिलो ६ महिनामा निर्माण क्षेत्रमा ७.७ प्रतिशत कर्जा विस्तार भएको छ । उत्पादनमूलक उद्योगमा कर्जा जाने सम्भावना पनि उच्च छ,’ एडीबीका नेपाल आवासीय मिसनका अर्थशास्त्री मानवरसिंह खड्काले भने । यो क्षेत्रको वृद्धिलाई ऊर्जा क्षेत्रले धेरै नै योगदान गर्ने उनले बताए ।
गत आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत थियो । आगामी आर्थिक वर्ष भने ५.१ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण एडीबीको छ ।
Comments
अरु समाचार
-
नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक सात दशमलव ७५ अङ्कले...
-
सुनको मूल्यमा नयाँ कीर्तिमान
काठमाडौं । कारोबार हुने साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी...
-
वाणिज्य बैंकहरुको वित्तीय विवरण सार्वजनिक, नाफा १.४० प्रतिशतले बढ्यो
काठमाडौं । २० वटै वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक वित्तीय विवरणअनुसार...
-
आज शेयर बजार दोहोरो अंकको गिरावट
काठमाडौं । शेयर बजार आज दोहोरो अंकले घटेको छ । लगातार तीन कारोबार दिन बढेको शेयर बजार परिसूचक नेप्से आज...
-
आज सुनचाँदीको मूल्य स्थिर
काठमाडौं । कारोबार हुने साताको पहिलो दिन आइताबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । शुक्रबार छापावाल सुनको मूल्य...
-
‘मुस्ताङमा १० दिने चौँरी मेला, पर्यटन प्रवर्द्धनको आधार’
जोमसोम । मुस्ताङको थासाङ गाउँपालिका-२ घट्टे खोलामा शनिबारदेखि चौँरी मेला सुरु भएको छ । हिमालयन याक नाक पालन उपसमिति मुस्ताङको...
-
मुग्लिन–पोखरा सडकको कालोपत्रे तीव्र गतिमा गरिँदै
काठमाडौं । मुग्लिन–पोखरा सडक विस्तार परियोजनाअन्तर्गत दमौली बजार क्षेत्रमा तीव्र गतिमा कालोपत्र गर्ने कार्य भइरहेको छ। व्यास नगरपालिका–२ को बागबजार,...
-
सेयर बजार परिसूचकमा २६.४९ अंकको वृद्धि
काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार २६.४९ अंकले वृद्धि भएको छ । यस वृद्धि पछि नेप्से परिसूचक २७२२...
-
सुनको मूल्य बढेको बढ्यै..
काठमाडौं । आज (बिहीबार) नेपाली बजारमा सुनको मूल्यले अर्को नयाँ रेकर्ड बनाएको छ। विगत केही देनदेखि निरन्तर नयाँ रेकर्ड बनाउँदै...