चट्याङ परेर एकको मृत्यु, सात जना घाइते
काठमाडौं । डोटीमा चट्याङ परी एक जनाको मृत्यु भएको छ भने, सात जना घाइते भएका छन् ।
गएराति जिल्लाको सायल गाउँपालिका–६ दल्लेखस्थित लहरी नागरीको घरमा चट्याङ पर्दा उनकी श्रीमती अन्दाजी ३३ वर्षीया कमला नागरीको घटनास्थलमै मृत्यु भएको हो ।
चट्याङबाट लहरीका छोराछोरीहरू १० वर्षीया तारा नागरी, ८ वर्षीय अविशेक नागरी, ६ वर्षीय अबि नागरी र ३ महिना शंकर नागरी घाइते भएका छन् । उनीहरूको टाउकोमा चोट लागेको र अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
चट्याङबाट स्थानीय ४० वर्षीया तारा नागरी, ८० वर्षीया काली दमाई र ६ वर्षीया खुशी नागरी पनि घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
Comments
अरु समाचार
-
त्रिवि निमित्त उपकुलपतिको जिम्मेवारी खड्ग केसीलाई
काठमाडौं । त्रिभुवन विश्वविद्यालय निमित्त उपकुलपतिको जिम्मेवारी रेक्टर खड्ग केसीलाई दिइएको छ । त्रिवि ऐनमा उपकुलपति रिक्त रहे रेक्टरलाई बढीमा...
-
एकीकृत समाजवादी कोशी प्रदेश अध्यक्षको जिम्मेवारी सरिता थापालाई
विराटनगर । नेकपा एकीकृत समाजवादी पार्टी कोशी प्रदेश अध्यक्षमा सरिता थापा खड्का सर्वसम्मत चयन भएकी छन् । सुनसरीको इटहरीमा भएको...
-
संखुवासभामा शैक्षिकसत्र शुरु हुनु अगावै पुग्यो पाठ्यपुस्तक
काठमाडौं । यस वर्ष शैक्षिकसत्र शुरु हुनु अगावै जिल्लामा पाठ्यपुस्तक आइपुगेको छ । जिल्लाका १० वटै स्थानीय तहमा शैक्षिकसत्र अगावै...
-
जनतालाई पवित्रभावका साथ सेवा दिएर लोकतन्त्रलाई बलियो बनाउनुपर्छ : प्रधानमन्त्री
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासनका लागि दृढ अठोट बोकेर जनतालाई पवित्रभावले सेवा दिइ लोकतान्त्रिक गणतन्त्रलाई मजबुद बनाउन आग्रह गर्नुभएको...
-
विद्युतीय धरापमा बालिकाको मृत्यु, घटनाको ढाकछोप गर्न बोरामा पोको पारेर फालियो
काठमाडौं । विद्युतीय धरापमा परेर एक बालिकाको मृत्यु भएको छ । सिरहा जिल्ला गोलबजार नगरपालिका–९ गोविन्दपुरकी १३ वर्षीया बालिका गुलसना...
-
रघुवीर महासेठलाई लखेट्ने रणनीतिमा लीला श्रेष्ठ: मधेसमा आक्रोश
काठमाडाैं । संविधान जारी भएपछि मधेसमा चलेको एमाले निषेध अभियान खस्किदै गएको छ । कुनैबेला एमाले र अध्यक्ष केपी ओलीलाई...
-
मधेश प्रदेसभालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै
काठमाडाैं । संघीय राजधानीमा राजसंस्थाको माग गर्दै प्रदर्शन हुन लागेकै दिन प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशसभालाई सम्बोधन गर्ने भएका छन्...
-
बल्खुमा ज्ञानेन्द्र ल्याउने आन्दोलनः रवीन्द्र र धवल पक्राउमा राप्रपाको खुच्चिङ !
काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्था, हिन्दु राष्ट्र र संघीयता खारेजीको माग राख्दै आज काठमाडाैंमा प्रदर्शन गर्दैछ । सरकारले राप्रपालाई...
-
खानेपानीका लागि बजेट माग्दै मेयर साम्पाङ सिंहदरबारमा
काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादव र धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ) बीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा सोमबार...