ताजा समाचार

आईपीएल: दिल्लीको चौथो जित, राहुलको उत्कृष्ट प्रदर्शन

काठमाडौं । दिल्ली क्यापिटलले कम ब्याक गर्दै इन्डियन प्रिमियर लिग (आईपीएल)को बिहीबार भएको खेलमा रोयल च्यालेन्जर बंगलोरु (आरसिबी)लाई ६ विकेटले हराएको छ। १६४ रनको लक्ष्य पाएको दिल्लीले १३ बल बाँकी रहँदा ६ विकेटको क्षतिमा १६९ रन जोडेको हो।

दिल्लीका लागि केएल राहुलले ९३ रन जोडे। ५३ बलको उनको पारीमा ७ चौका र ६ छक्का समावेश थियो। ५८ रन भएको समयमा चौथो विकटको रूपमा कप्तान अक्षर पटेललाई १५ रनमा गुमाएको दिल्लीका लागि राहुल र ट्रिस्टियन स्टब्सले अविजित १११ रनको साझेदारी गरे। स्टब्सले २३ बलमा ३८ रन जोडे। राहुल प्लेयर अफ द म्याच घोषित भए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलोरुलाई सस्तोमा समेट्ने क्रममा स्पिनर जोडी कुलदीप यादव र विपराज नेगीले सानदार बलिङ गरे। दुवैले समान दुई विकेट लिए। यादवले चार ओभरमा १७ तथा नेगीले १८ रन मात्र खर्चिए। कप्तान पटेल भने महँगो साबित भए। उनले चार ओभरमा ५२ रन खर्चिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org