आजको राशिफल: २०८१ चैत २९ गते शुक्रवार
मेष: परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ। शत्रु परास्त हुनेछन् भने रोगबाट पनि उन्मुक्ति मिल्नेछ। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। प्रतिस्पर्धीहरूलाई समेत पछि पार्न सकिनेछ। पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ। प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्य फाइदा उठाउन सकिनेछ।
वृष: प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। व्यापार, पशुपालन र कृषि क्षेत्रबाट राम्रो लाभ हुनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। शुभचिन्तकहरूको साथ प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। पढाइको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। अभिव्यक्ति र लेखन कलामा पनि निखारता आउनेछ।
मिथुन: अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ हुनेछ। मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। रोकिएका काम गर्ने समय छ। अरूको मुख ताक्ने बानीले काम बिग्रन सक्छ। आज अरूलाई दिने नभई भित्र्याउने समय छ। अरूलाई दिन ठिक पारेकाे धनमाल आफैंलाई आवश्यक पर्न सक्छ। मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ।
कर्कट: पहिले ईर्ष्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन्। चुनौती चिर्दै काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् र प्रतिस्पर्धामा विजयी भइनेछ। भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ। नयाँ योजनातर्फ अग्रसर भइनेछ। अरूको विश्वास जित्न केही समय लागे पनि दिगो फाइदा हुने काम हातलागी हुनेछ।
सिंह: व्यापार बढ्नाले लाभ हुनेछ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। मिहिनेतले मानसम्मान दिलाउनेछ। नयाँ जिम्मेवारी समेत प्राप्त हुनेछ। आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुटाउन सकिनेछ। अध्ययनमा प्रगति हुनुका साथै लेखन कलामा निखारता आउनेछ। बोली र विचारका प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले साथ दिनेछन्।
कन्या: सहयोगीहरूको साथले नयाँ काममा उत्साह जगाउनेछ। विशिष्ट व्यक्तिहरूसँग रमाइलाे भेटघाट हुनेछ। आकर्षक उपहार समेत प्राप्त हुन सक्छ। प्रेम र मित्रताको बन्धन पनि कसिलो हुने समय छ। रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्नेछ। मिहिनेतको परिणामले आत्मविश्वास बढ्नेछ। मानसम्मान प्राप्त हुनुका साथै सम्मानित कामकाे यश लिने अवसर छ।
तुला: फाइदा नगण्य उठे पनि स्वाभिमानको रक्षा गर्न सफल भइनेछ। तत्काल केही खर्च लागे पनि दिगाे आम्दानी हुने काम फेला पार्न सकिनेछ। परोपकारी काम सम्पादन हुनेछ। यात्राकाे साइत पनि जुर्ने सम्भावना छ। अवसरका लागि केही दौडधुप र लगनाी गर्नुपर्ला। आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ। तापनि, कर्जामार्फत धन जुटाउन सकिनेछ।
वृश्चिक: आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारबाट मनग्य धनलाभ हुनेछ। साथीभाइकाे सहयाेग जुट्नेछ। नयाँ काम थालनी गर्न सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। अध्ययनमा प्रगति हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पेसा–व्यवसायमा फाइदा उठाउन सकिनेछ।
धनु : मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। सामाजिक जिम्मेवारी प्राप्त हुनुका साथै आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व पनि हातलागी हुने समय छ। कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुट्नेछ। विगतका कमीकमजोरीलाई सुधार गर्ने मौका छ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ।
मकर: अध्यात्मभाव जागृत हुनाले परोपकारमा मन जानेछ। धेरैले कामको तारिफ गर्नेछन्। शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त होला। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ। विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ।
कुम्भ: अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका पाइनेछ। करकापमा परी काम वा विशेष निर्णय गर्नुपर्ने परिस्थिति आउन सक्छ। आफ्ना कमजोरीबाट लाभ उठाउनेहरू सक्रिय हुने हुँदा सावधान रहनु। काममा अनायासै व्यवधान देखा पर्न सक्छ। स्वास्थ्य कमजाेर रहनेछ भने अर्थअभावले पनि सताउन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ।
मीन: सुरुमा खर्च लागे पनि व्यवसायले आम्दानी दिलाउनेछ। परिवारजनको साथले नयाँ आशा जगाउनेछ। रमाइलो यात्रा गर्ने साइत जुर्नेछ। अतिथिका रूपमा मानसम्मान प्राप्त होला। नयाँ अवसर प्राप्त भए पनि गलत व्यक्तिको विश्वास गर्दा धाेका हुन सक्छ। गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ। केही समय प्रतीक्षा गर्नुपर्ला। कामको चापबाट फुर्सद पाइनेछ।
Comments
अरु समाचार
-
चर्चित ५२ भाइको मुद्दा: रमनको जिकिरमाथि रमेशको दर्बिलो प्रहार
काठमाडाैं । चर्चित संवैधानिक निकायका पदाधिकारी नियुक्तिविरुद्धको रिटमा निवेदकका कानून व्यवसायीहरूले उठाएका तर्कमाथि महान्यायाधिवक्ता रमेश बडालले दर्बिलो प्रहार गरेका छन्...
-
भारतीय विद्युत मन्त्री आज नेपाल आउँदै, प्रसारण लाइन सम्झौतापत्रमा हस्ताक्षर हुने
काठमाडौं । भारतका विद्युत, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर मङ्गलबार (आज) नेपाल भ्रमणमा आउँदै छन् । ऊर्जा, जलस्रोत तथा...
-
ल क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका उम्मेदवार विजयी
काठमाडौं । नेपाल ल क्याम्पस स्ववियु सभापतिमा अनेरास्ववियुका समिर रिजाल निर्वाचित भएका छन् । विपक्षी नेविसङ्घका मोहम्मद प्रबेजलाई ११७ मतले...
-
आजको राशिफलः २०८२ साल वैशाख ९ गते मंगलबार
मेष : आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउनेछन्। श्रम परे पनि उपलब्धि कम मात्र प्राप्त हुनेछ। स्वास्थ्यमा अलि कमजोरी अनुभूति हुनेछ।...
-
आफूलाई बाइपास गरेर अमेरिकासँग व्यापार नगर्न चीनको चेतावनी
बेइजिङ । अमेरिकासँग व्यापारिक सम्झौता गरेर आफ्नो व्यापार सीमित पार्न खोजे त्यसको गम्भीर परिणाम भोग्नुपर्ने चीनले अन्य देशलाई चेतावनी दिएको...
-
शिक्षा मन्त्री भट्टराईले दिइन् राजीनामा
काठमाण्डौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छन् । मन्त्री भट्टराईले सोमबार दिउँसो प्रधानमन्त्री केपी शर्मा...
-
रवि लामिछानेको रिट हेर्न नमिल्नेमा
काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेलाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा दायर गरिएको बन्दी प्रत्यक्षीकरणको रिट हेर्न नमिल्ने भएको...
-
रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण निवेदनको पेशी आज
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा परेको बन्दीप्रत्यक्षीकरण रिटको पेशी...
-
कालीकोट ट्याक्टर दुर्घटनामा चार जनाको मृत्यु
काठमाडौं । कालीकोटमा ट्याक्टर दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । पलाँता-९ थिर्पुबाट खाद्यान्न बोकेर खिनतर्फ जाँदै गरेको ट्याक्टर...