के पूर्वराष्ट्रपति ओबामाले आफ्नी पत्नीसँग डिभोर्स गर्दै छन् ?
काठमाडौं । यसअघि अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा र उनकी पत्नी मिशेल ओबामा हरेकजस्तो सार्वजनिक कार्यक्रममा सँगै देखिन्थे । गत जनवरी ९ मा अमेरिकी पूर्वराष्ट्रपति जिम्मी कार्टरको अन्त्येष्टि कार्यक्रममा बाराक ओबामा एक्लै सहभागी भए । सो कार्यक्रममा उनकी पत्नी मिशेल ओबामा सहभागी थिइनन् ।
जनवरी २० मा ह्वाइट हाउसमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको पदको शपथग्रहण समारोह भएको थियो । उक्त कार्यक्रममा मिशेल ओबामा सहभागी भइनन् । उक्त कार्यक्रममा पनि बाराक ओबामा एक्लै देखिए ।
यस्ता अन्य धेरै प्रमुख कार्यक्रमहरूमा पनि मिशेल आफ्नो पतिका साथ देखिइनन् । यी घटनाले उनीहरू छुट्टिन लागेको हुनसक्ने अनुमानहरूलाई बढावा दिन थाल्यो । त्यसपछि बाराक र मिशेल ओबामा डिभोर्स गर्दै छन् भन्ने हल्ला चलेको थियो ।
तर, हालै अमेरिकी मिशेलले बाराक ओबामासँगको सम्बन्धमा फाटो आएको भन्ने अफवाहहरूप्रति आपत्ति जनाएकी छन् ।
अमेरिकी अभिनेत्री सोफिया बुशको पोडकास्ट वर्क इन प्रोग्रेसमा बोल्दै मिशेलले भनिन्, “अहिले म परिपक्क महिला हुँ । म आफ्नो समयतालिका आफैँ निर्धारण गर्नसक्छु । मानिसहरूले मलाई आफू निर्णय गर्न नसक्ने मान्छेको रूपमा चित्रण गरेका छन् । म र मेरो श्रीमान् छुट्टिँदैछौँ भन्ने हल्ला चलाए ।”
तर, उनले गर्नुपर्ने जिम्मेवारीहरू पूरा नगरेकोमा भने आफूलाई पश्चाताप लागेको उनले बताइन् ।
“एक महिलाको हिसाबले हामी प्रायः अरूलाई निराश पार्न खोज्दैनौँ,” उनले भनिन्, “यो वर्ष त मानिसहरूले आफैँ निर्णय लिनसक्छु भन्ने तथ्यलाई नै विश्वास गर्न सकेनन् । उनीहरूले हामी छुट्टिएको अनुमान मात्र लगाए । के यो एउटी परिपक्व महिला आफ्नो लागि आफैँ निर्णय गर्न सक्दिन भन्ने समाजको मान्यता हो ?”
पोडकास्टमा उनले आफ्नो लागि जे ठिक लाग्छ त्यही निर्णय आफूले गरेको उनले बताएकी छन् । अरूले के चाहन्छन् भन्ने कुराको पछि नलागेको उनले प्रष्ट पारेकी छन् ।
डोनाल्ड ट्रम्पको शपथग्रहणमा उनको अनुपस्थितिलाई अमेरिकामा परम्परागत अभ्यासको उल्लंघन मानिएको थियो । यसअघि सबै पूर्वराष्ट्रपति र प्रथम महिला कार्यक्रममा उपस्थित हुनेगर्थे ।
ओबामा दम्पतिले गत अक्टोबरमा आफ्नो ३२औँ विवाह वार्षिकोत्सव मनाएका थिए । यसै प्रसंगमा मिशेलले आफ्नो आत्मकथामा श्रीमानको राजनीतिक महत्वाकांक्षा र ह्वाइट हाउसको व्यस्तताले उनीहरूको दाम्पत्य जीवनमा ल्याएको चुनौती पनि उल्लेख गरेकी छन् । बीबीसी
Comments
अरु समाचार
-
भारत-पाक सीमामा लगातार गोलाबारी
काठमाडौं । शनिबार राति पाकिस्तानले लगातार चौथो दिन पनि नियन्त्रण रेखा (एलओसी) मा गोलाबारी गरेको भारतको भनाई छ। यो गोलाबारी...
-
नेपाल-भारत सीमा क्षेत्रमा कडा निगरानी
काठमाडौं । भारतको जम्मु कश्मीरको पहलगाममा एक नेपाली सहित २६ जना पर्यटकहरुको मृत्यु हुने गरेर भएको आतंकवादी हमलापछि नेपाल–भारत सीमा...
-
भारत र पाकिस्तानी सेनाबीच काश्मीरमा गोली हानाहान
काठमाडौं । आणविक–शक्ति सम्पन्न प्रतिद्वन्द्वीहरूबीचको सम्बन्ध वर्षौंदेखिको सबैभन्दा निम्न स्तरमा झरेको बेला पाकिस्तान र भारतका सेनाहरूले विवादित काश्मीरमा लगातार तेस्रो...
-
इरानमा विस्फोटमा परी १४ जनाको मृत्यु, ७५० घाइते
काठमाडौं । इरानको एउटा प्रमुख बन्दरगाहमा भएको विस्फोटमा परी १४ जनाको मृत्यु भएको छ। सो बन्दरगाहमा भएको विष्फोटमा ७५० जना...
-
बोल्दा रहेछन् पू्र्वराजा ज्ञानेन्द्र शाह पनि !
काठमाडाैं । पूर्वराजा ज्ञानेन्द्र शाहले भारतको पहलगममा भएको हत्या प्रकरणमा धारणा सार्वजनिक गरेका छन् । भारतको कास्मिरको पहलगम क्षेत्रमा भएको...
-
अहिलेको व्यापार युद्धमा अमेरिका विजयी हुनेछ: ट्रम्प
वाशिंटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अहिलेको व्यापार युद्धमा अमेरिका विजयी हुने दाबी गरेका छन्। उनले यस वर्षबाट आयात करमा...
-
एकतर्फी अमेरिकी कर रद्द गरेर मात्रै वार्ता हुने
काठमाडौं । चीनले अमेरिकालाई एकतर्फी रूपमा लगाएको सबै भन्सार शुल्क रद्द गरेर मात्रै वार्ता हुनसक्ने बताएको छ । अमेरिका वार्ता...
-
स्वदेश फर्किदै देउवा दम्पत्ति
काठमाडाैं । स्वास्थ्य उपचारका लागि भन्दै थाइल्याण्ड गएका कांग्रेस सभापति शेरबहादुर देउवा आज स्वदेश फर्किदैछन् । सरकार फेरिने हल्लाकाबीच थाइल्याण्डबाट...
-
‘कश्मीरमा आतंकवादी हमला गर्नेलाई कल्पना गरेभन्दा ठूलो सजाय हुन्छ’
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मू कश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा संलग्नलाई उनीहरुले कल्पना गरेभन्दा पनि ठूलो सजाय दिने...