ताजा समाचार

आन्दोलनरत शिक्षकहरू र शिक्षा मन्त्रालयबिच आज पनि छलफल

काठमाडौं । काठमाडौंमा आन्दोलनरत शिक्षकहरू र शिक्षा मन्त्रालयबिच आज पनि छलफल हुने भएको छ । तर, त्यसका लागि समय भने अहिलेसम्म यकिन भइसकेको छैन ।

अहिले शिक्षकहरू आन्दोलनमा रहेकाले आन्दोलन सकिएपछि छलफल हुनेछ । शिक्षा मन्त्रालयले बोलाएपछि हिजो (बिहीबार) पहिलो छलफल भएको थियो ।

हिजोको पहिलो छलफलमा दुवै पक्षले आ–आफ्ना कुराहरू राखेका थिए । त्यसक्रममा शिक्षकहरूले ध्यानाकर्षण पत्र बुझाउँदै पुराना सहमतिहरू र ऐनले सम्बोधन गर्नुपर्ने मुख्य मुद्दाहरूको २४ बुँदे सूची बुझाएका थिए ।

तत्काल विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित देशभरका गत चैत २० गतेदेखि शिक्षक तथा विद्यालय कर्मचारीहरू काठमाडौंमा सडक आन्दोलन गर्दै आएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org