आर्थिक सुधार सुझाव आयोगले सरकारलाई दिएका कानुनी सुधारका सुझावहरु………
काठमाडौं । लगानीको वातावरण बनाउन र उत्पादनको लागत घटाउने सुझावसहित उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारसमक्ष आज प्रस्तुत गरेको प्रतिवेदनमा कानूनी सुधारका निम्ति विभिन्न ऐन खारेज गर्न सुझाएको छ ।
प्रतिवेदनमा “नागरिक र व्यवसायलाई आर्थिक स्वतन्त्रता कुण्ठित गर्ने, व्यवसायको लागत अनावश्यक रुपमा बढाउने, गलत प्रयोग हुनसक्ने, अनावश्यक नियन्त्रणमुखी र वर्तमान सन्दर्भमा असान्दर्भिक देखिएका निम्न ऐन खारेज” गर्न सुझाइएको छ ।
- ०१. आय टिकट दस्तुर ऐन, २०१९
०२. कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२
०३. निजी वन जङ्गल राष्ट्रियकरण ऐन, २०१३
०४. प्रशासकीय कार्यविधि (नियमित गर्ने)ऐन, २०१३
०५. क्षतिपूर्ति ऐन, २०१९
०६. बिर्ता उन्मूलन ऐन, २०१६
०७. बिर्तावालले बिर्तामा रकम (भट्टी चर्सा आदि) लगाइ–लिन खान नपाउने ऐन, २०१५
०८. राजस्व चुहावट (नुअसन्धान तथा नियन्त्रण) ऐन, २०५२
०९. विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१
१०. नेपाल एजेन्सी ऐन, २०१४
११. प्रादेशिक विकास योजनाहरु (कार्यान्वित गर्ने) ऐन, २०१३
१२. निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३
१३. सामाजिक व्यवहार सुधार ऐन, २०३३
१४. नेपाली मुद्राको चलनचल्ती बढाउने ऐन, २०१४
१५. वित्तीय मध्यस्थताको काम गर्ने संस्थासम्बन्धी ऐन, २०५५
नयाँ ऐन जारीको सुझाव
प्रतिवेदनमा औषधि ऐन, २०३५ लाई परिमार्जन गरी औषधि, औषधिजन्य सप्लिमेन्ट, कस्मेटिक्स, मेडिकल डिभाइस र प्रत्यारोपणका लागि बनाइएका मानव कोषमा आधारित सामग्रीको उत्पादन आयात, बजारीकरण र बिक्री वितरणलाई नियमन गर्नेगरी नयाँ ‘औषधि तथा स्वास्थ्य सामग्री नियमन गर्ने ऐन’ जारी गर्न सुझाइएको छ ।
यसैगरी, अचल सम्पत्ति अधिग्रहण ऐन, २०१३ र जग्गा प्राप्ति ऐन, २०३४ लाई गाभेर बौद्धिक सम्पत्ति, अदृष्य सम्पत्ति, कुनै निकायको शेयर वा स्वामित्व अधिग्रहण गर्न सकिने गरी नयाँ ‘निजी सम्पत्ति अधिग्रहण ऐन’ जारी गर्नुपर्नेमा प्रतिवेदनमा जोड दिइएको छ ।
साथै पेटेन्ट, डिजाइन र ट्रेडमार्क ऐन, २०२२ र प्रतिलिपि अधिकार ऐन, २०५९ गाभेर वर्तमान समयको बौद्धिक सम्पत्ति रक्षाका सबै चुनौतीलाई सम्बोधन गर्ने र असल व्यावसायिक वातावरण निर्माण गर्ने नयाँ ‘बौद्धिक सम्पत्ति अधिकार संरक्षण गर्ने ऐन’ जारी हुनुपर्ने सुझाव दिइएको छ ।
Comments
अरु समाचार
-
गर्मीका कारण वीरगञ्जका विद्यालयमा बिहान सञ्चालन
काठमाडौं । अत्यधिक गर्मीका कारण वीरगञ्ज महानगर क्षेत्रका विद्यालयमा बिहान पठनपाठन प्रारम्भ भएको छ । वीरगञ्ज महानगरको निर्णयअनुसार बिहीबारदेखि महानगरभित्रका...
-
विश्वकप एसिया छनोटः नेपाल र हङकङसँग ७ विकेटले पराजित
काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा मंगलबार भएको खेलमा नेपाल हङकङसँग ७ विकेटले पराजित भएको छ । समूह...
-
सगरमाथा संवाद: विश्वका ६१ बढी विकास सहायता संस्थाहरू सहभागी हुँदै
काठमाडौं । नेपाल सरकारले आयोजना गर्न लागेको सगरमाथा संवादमा विभिन्न मुलुकका १ सय ७५ जना प्रमुख तथा प्रतिनिधिसहित ६१ बढी...
-
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
काठमाडौं। म्याग्दीमा सोमबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको अन्नपूर्ण गाउँपालिका–३मा बेनी–जोमसोम–कोरला सडकअन्तर्गत दानादेखि बेनीतर्फ आउँदै...
-
जाजरकोटमा कैदीले कारागार भित्रै आत्महत्या !
काठमाडौं । जाजरकोट कारागारमा एक कैदीले आत्महत्या गरेका छन् । भेरी नगरपालिका–१० का २५ वर्षीय दीपक बुढाले आइतबार कारागारको शौचालयमा...
-
श्रीलङ्कामा बस दुर्घटना हुँदा १५ तीर्थयात्रीको मृत्यु !
काठमाडौं । श्रीलङ्कामा बौद्ध धर्मावलम्बी दर्जनौँ तीर्थयात्री चढेको बस आइतबार दुर्घटना हुँदा १५ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते...
-
टी–20 विश्वकप छनोट: नेपाल र हंकङबीचको खेल रद्द
काठमाडौं । आईसीसी महिला टी–20 विश्वकप एसिया छनोटअन्तर्गत आज हुने भनिएको नेपाल र हंकङबीचको खेल रद्द भएको छ । थाइल्यान्डमा...
-
सुनको मूल्यमा सामान्य वृद्धि
काठमाडौं । पछिल्ला दिनहरुमा लगातार बढि रहेको सुनको मूल्य आज पनि बढेको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य...
-
एमालेको धनुषा अधिवेशनमा नेताहरु भिड्दा पाँचजना घाइते
काठमाडौं । नेकपा एमाले धनुषाको ८ औं जिल्ला अधिवेशन स्थलमा दुई पक्षीय नेताहरु भिड्दा दुई नेतासहित पाँचजना घाइते भएका छन्...