ताजा समाचार

राखेपद्वारा ६ वटा खेल संघको कार्यसमिति विघटन

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विभिन्न ६ वटा खेल संघको कार्यसमिति विघटन गरेर तदर्थ समिति गठन गरेको छ । शुक्रबार बसेको राखेपको १२२ औं बैठकले विवादित ६ वटा खेल संघ विघटन गर्ने निर्णय गरेको हो ।

विघटन हुनेमा नेपाल ब्याडमिन्टन संघ तथा एथ्लेटिक्स, टेनिसलगायत अन्य खेल संघ छन् । रामजीबहादुर श्रेष्ठ नेतृत्वको अवैध ब्याडमिन्टन संघ खारेज गरेर सुवास श्रेष्ठको संयोजकत्वमा नयाँ तदर्थ समिति गठन गरिएको छ ।

एथलेटिक्सको तदर्थ समितिमा राजीवविक्रम शाह र जिम्न्यास्टिक संघमा ध्रुवबहादुर प्रधानलाई संयोजक तोकिएको छ । त्यसैगरी, भारत्तोलनमा कानन चौधरी, साइकिलिङमा सुदीप पौडेल, टेनिसमा मनोहर दास भूल र ह्याण्डबलमा रामकृष्ण केसी संयोजक बनेका छन् ।

ब्याडमिन्टन संघमा भएको अनियमितताबारे लोकान्तर डट्कमले शृंखलाबद्ध समाचार लेख्दै आएको थियो । अधिवेशन नगरी लामो समय अवैध ढंगले चलेको संघबारे लगातार समाचार प्रकाशित भएपछि श्रेष्ठले साधारण सभा बोलाएर आफैंलाई अध्यक्ष बनाएका थिए ।

तर, त्यो साधारणसभाको वैधानिकतामै प्रश्न उठेपछि खेलकुद मन्त्रालयले बैंक खाता रोक्का र कार्यसमिति विघटनको चेतावनी दिएको थियो । ब्याडमिन्टन संघका प्रदेश कमिटीले श्रेष्ठ नेतृत्वको समितिलाई वैधता दिनका लागि आफूहरूको सहमति नभएको पत्र राखेपलाई पठाएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org