आईपीएलमा कोलकातासँग चेन्नई आठ विकेटले पराजित
काठमाण्डौ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले चेन्नई सुपर किङ्सलाई आठ विकेटले पराजित गरेको छ । चेन्नईले दिएको १०४ रनको लक्ष्य पछ्याएको कोलकाताले १० ओभर एक बलमा दुई विकेट गुमाउँदै १०७ रन बनायो । कोलकाताको जीतमा सुनील नारायणले सर्वाधिक ४४ रन बनाए । क्विन्टन डि ककले २३ रन जोडे ।
चेन्नईका नूर अहमद र अन्सुल कामबोजले समान एक विकेट लिए । त्यसअघि एमए चिदम्बरम स्टेडियम, चेपौकमा टस हारेर पहिला ब्याटिङ गरेको चेन्नईले नौ विकेट गुमाउँदै १०३ रन बनाएको थियो ।
चेन्नईका शिवम दुबेले अविजित ३१ रन बनाए । विजय शंकरले २९ रन जोडे । कोलकाताका सुनील नारायणले तीन विकेट लिए । हर्षित राना र वरुण चक्रवर्तीले समान दुई विकेट लिँदा वैभव अरोरा र मोइन अलीले एकरएक विकेट लिए ।
जीतसँगै तेस्रो स्थानमा उक्लिएको कोलकाताले ६ खेलबाट ६ अङ्क पुर्याएको छ । चेन्नईको भने यो लगातार पाँचौं हार हो । चेन्नई दुई अङ्कका साथ नवौं स्थानमा छ । आईपीएलमा आज लखनउ सुपर जायन्ट्स र गुजरात टाइटन्स तथा सनराइजर्स हैदराबाद र पन्जाब किङ्स खेल्दैछन् ।
Comments
अरु समाचार
-
आईपीएलः दिल्लीलाई हराउँदै आरसीबी शीर्षस्थानमा
काठमाडौं । क्रुनाल पाण्डेको अलराउण्ड प्रदर्शनको सहयोगमा रोयल च्यालेन्जर बंग्लोरु (आरसिबी) ले दिल्ली क्यापिटललाई हराउँदै यस सिजनको आइपिएलमा प्ले अफ...
-
रियल मड्रिडलाई स्तब्ध पार्दै बार्सिलोनाको पोल्टामा ‘कोपा डेल रे’ उपाधि
काठमाडौं । रियल मड्रिडलाई पराजित गर्दै बार्सिलोनाले कोपा डेल रे फुटबलको उपाधि आफ्नो पोल्टामा पारेको छ ।। गएराती भएको फाइनलमा...
-
अण्डाको मूल्य बढ्यो
काठमाडौं । पछिल्लो समय निरन्तर घटेको अण्डाको मूल्य विस्तारै उकालो लाग्न थालेको छ । लागत मूल्यसमेत पाउन नसक्दा चिन्तित बनेका...
-
आईपीएल क्रिकेटः कोलकाता र पञ्जाबको खेल नतिजाविहिन
काठमाण्डौ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्स र पन्जाब किङ्ग्सको खेल नतिजाविहिन भएको छ । इडेन गार्डेनमा...
-
ललितपुर सिटी क्लब नेपाल सुपर लिग च्याम्पियन
काठमाडौं । ललितपुर सिटी फुटबल क्लव दोस्रो पटक नेपाल सुपर लिग (एनएसएल) च्याम्पियन भएको छ । एनएसएलको तेस्रो संस्करणको शनिबार...
-
एनएसएलको उपाधी भिडन्त : आज ललितपुर र पोखरा भिड्दै
काठमाडौं । काठमाडौंमा जारी नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करणको उपाधी भिडन्त आज हुँदैछ । आज साँझ ६ बजे त्रिपुरेश्वरस्थित...
-
क्रिकेटका मुख्य प्रशिक्षक स्टुअर्ट ल आज आउँदै
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त प्रशिक्षक स्टुअर्ट ल आज नेपाल आइपुग्दै छन् । प्रशिक्षक लु आज शुक्रबार नेपाल...
-
त्रिकोणात्मक टी–२० शृंखला: नेपालले नेदरल्याण्ड्स र स्कटल्याण्डसँग प्रतिस्पर्धा
काठमाडौं । स्कटल्याण्डमा आगामी जुन महिनामा आयोजना हुने त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृंखलाको खेल तालिका सार्वजनिक भएको छ । तालिका अनुसार,...
-
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको २० प्रतिशत काम सम्पन्न
काठमाडौं ।चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम २० प्रतिशत सम्पन्न भएको छ । भरतपुर महानगरपालिका–१५ स्थित सङ्घ र...