अग्नि सापकोटाविरुद्धको मुद्दा सर्वोच्चमै रन्थनियो, के गर्लान् प्रधानन्यायाधीश राउत ?
काठमाडाैं । पूर्वसभामुख समेत रहेका माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्चमा विचाराधिन मुद्दाको पेशी चढेपनि सुनुवाई नहुने रोग पुरानै हो ।
चैत्र २७ गते पेसी चढेको मुद्दामा संवैधानिक इजलास बस्न सकेन् । अब यो मुद्दाको सुनुवाई २०८२ वैशाख १० गतेमात्रै हुने भएको छ ।
तत्कालीन प्रधानन्यायाधीश विश्म्भरप्रसाद श्रेष्ठले निर्णय सुनाउने अर्थात निसुमा राख्दै अन्तिममा अन्य आदेश गरेर छाडिएका थिए । २०६८ मंसिर ०७ गते सर्वोच्चमा पहिलो पटक पेशी चढेको यो मुद्दा हेर्न नभ्याइने सूचीमा पर्नेदेखि निसु नै नहुने शक्तिशाली मुद्दा बन्न पुगेको छ ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले सर्वोच्चमा १० वर्ष पुराना मुद्दा अब बाँकी नरहने भन्दै पटक-पटक गरेको प्रतिबद्धताको म्याद सकिने समय नजिकिदैछ ।
१४ वर्ष पुरानो शक्तिशाली मुद्दामा सर्वोच्चले निसुमा पुगेर गर्ने गरेको चलखेललाई धेरैले शंकाको नजरले हेर्ने गरेका छन् । सभामुखसम्म भएका सापकोटाविरुद्ध पुर्णिमाया लामाले दायर गरेको यो मुद्दा के प्रकाशमान सिंह राउतले भनेजस्तै २०८२ असार भित्र फैसलाको चरणमा पुग्ला ? शंका देखिन्छ ।
विश्वम्भरको पालामा निसुमा पुगेपनि अन्य आदेश भन्दै शुरुको चरणमा धकेलिदिएपछि यो मुद्दामाथि फेरि प्रारम्भदेखि नै सुनुवाई हुनुपर्ने कानूनी बाध्यता छ । संवैधानिक इजलासको नेतृत्व प्रधानन्यायाधीशले गर्ने हुनाले पनि प्रधानन्यायाधीश अनिवार्य हुन्छ । तर, सर्वोच्चको नेतृत्वले नै मुद्दाको प्राथमिकतालाई केन्द्रमा नराख्दा संकट पैदा हुन लागेको बताइन्छ ।
सापकोटाविरुद्धको मुद्दा रामकुमार प्रसाद शाह, कल्याण श्रेष्ठ, खिलराज रेग्मी, सुशीला कार्की, गोपाल पराजुली, चोलेन्द्र शम्शेर ज.ब.रा., कामू दीपककुमार कार्की, हरिकृष्ण कार्की , विश्वम्भरप्रसाद श्रेष्ठ र अहिले प्रकाशमान सिंह राउत प्रधानन्यायाधीश बनुन्जेलसम्म यो मुद्दा पेशी चढ्ने गरेको छ । तर, फैसलाको चरणमा भने पुग्नै सकेको देखिन्न ।
विवादास्पद छवि बनाएर भ्रष्टाचार गरेको आरोप खेपेका चोलेन्द्रको पालामा समेत मुद्दा पेशी चढ्ने र हे्न नभ्याइनेमा पर्नेमा रोचक जुहारी नै चल्यो । मुद्दा हेरेपछि चोलेन्द्र नेतृत्वको बेञ्चले अन्य आदेश समेत गरेको देखिन्छ । तर निर्णायक भने कहिल्यै हुन सकेन् ।
सापकोटाविरुद्धको मुद्दा अब वैशाख १० गते पेशी तोकिएको छ । तर, के मुद्दाको सुनुवाई नियमित प्रक्रियामा जाला ? चासो भने बढेको छ ।
Comments
अरु समाचार
-
सरकार र शिक्षकबीचको वार्ता अगाडि बढ्न पुगेन तयारी
काठमाण्डौ । सरकार र आन्दोलनरत शिक्षक महासङ्घबीचको वार्ता सकारात्मक भएको छ । गएराति अबेरसम्म शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको...
-
आजको राशिफल : २०८२ वैशाख १६ गते मंगलवार
मेष: कमजोर नतिजा सच्याउन काम दोहोर्याउनुपरे पनि मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। आलोचकहरूले समेत प्रशंसा गर्नेछन्। प्रेम र मित्रताको बन्धन कसिलो...
-
शिक्षक आन्दोलनबारे सर्वोच्चलाई शिक्षा मन्त्रालयले फर्कायो जवाफ
काठमाडौं । शिक्षकलाई विद्यालयमा फर्काउन भइरहेको पहलबारे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सर्वोच्च अदालतलाई सोमबार जवाफ फर्काएको छ । सर्वोच्चले...
-
सरकारको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेस
काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा सरकारको वार्षिक प्रतिवेदन पेस भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट रक्षामन्त्री मानवीर...
-
सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
काठमाडौं । सहकारी पीडितहरूले सोमबार काठमाडौंको माइतीघर मण्डलमा अर्धनग्न भएर प्रदर्शन गरेका छन् । लामो समयदेखि आन्दोलित सहकारी पीडितहरुले आज...
-
आफ्नै बोली भारि पर्यो थापालाई, सर्वोच्चमा अवहेलना मुद्धा दायर
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दिएको अभिव्यक्तिलाई लिएर उनि विरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलनामा निवेदन दर्ता भएको छ...
-
ओलीको जवाफले गगन थचक्कै, देउवा पनि ‘इरिटेड’
काठमाडाैं । कांग्रेस महामन्त्री गगन थापाको हिरोइजममा प्रधानमन्त्री केपी ओलीले पानी खन्याइदिएका छन् । प्रधानमन्त्रीको बेडरुमसम्म विचाैलिया पुग्छन भन्दै हाइहाई...
-
भवितव्य नआए गुणाकर गभर्नर बन्ने पक्का
काठमाडाैं । राष्ट्र बैकमा रिक्त गभर्नरमा भवितव्य सिर्जना नभए अब गुणाकर भट्ट नियुक्त हुने भएका हुन् । प्रधानमन्त्रीको सरकारी निवास...
-
सक्रिय राजनीतिका लागि विद्यादेवीको दाैडधुप बाक्लियो, हेटाैडा जाँदै
काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किने लगभग निश्चित भएको छ । देशका विभिन्न क्षेत्रमा राजनीतिक दाैडधुप बढाएकी...