१९ वर्षमुनिको खेलमा नेपालद्वारा ओमान ८ विकेटले पराजित
काठमाण्डाै । आईसीसी १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा नेपालले लगातार दोस्रो जीत हासिल गरेको छ । माथिल्लो मूलपानी मैदानमा आज भएको खेलमा नेपालले ओमानलाई ८ विकेटले हरायो । ओमानले दिएको १ सय १८ रनको लक्ष्य नेपालले २ विकेट गुमाएर १४ ओभर ३ बलमै भेटायो । नेपालका निरजकुमार यादवले ४६, शाहिल पटेलले ४२ रन बनाए । ओमानका सौम्य भविन सम्पतले २ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले ३८ ओभरमा १ सय १७ रन बनाउँदा सबै विकेट गुमायो । ओमानका जीत व्रजेश शाहले सबैभन्दा धेरै ५२ रन बनाए । नेपालका युवराज खत्रीले ५ विकेट लिए । नेपालले पहिलो खेलमा हिजो यूएईलाई डीएसएल मेथडका आधारमा ५ रनले हराएको थियो ।
यस्तै आजै तल्लो मूलपानी मैदानमा भएको खेलमा अफगानिस्तानले हङकङलाई ८ विकेटले हराएको छ । अफगानिस्तानले पहिलो खेलमा ओमानलाई पनि ८ विकेटले हराएको थियो । एशिया छनोटमा नेपाल, ओमानसहित यूएई, अफगानिस्तान र हङकङ सहभागी छन् । छनोटमा शीर्ष स्थानमा रहने टोली आउँदो वर्ष हुने १९ वर्षमुनिको विश्वकपमा छनोट हुनेछ । प्रतियोगिताका खेलहरू माथिल्लो र तल्लो मूलपानी मैदानमा भइरहेका छन् ।
Comments
अरु समाचार
-
आईपीएलः दिल्लीलाई हराउँदै आरसीबी शीर्षस्थानमा
काठमाडौं । क्रुनाल पाण्डेको अलराउण्ड प्रदर्शनको सहयोगमा रोयल च्यालेन्जर बंग्लोरु (आरसिबी) ले दिल्ली क्यापिटललाई हराउँदै यस सिजनको आइपिएलमा प्ले अफ...
-
रियल मड्रिडलाई स्तब्ध पार्दै बार्सिलोनाको पोल्टामा ‘कोपा डेल रे’ उपाधि
काठमाडौं । रियल मड्रिडलाई पराजित गर्दै बार्सिलोनाले कोपा डेल रे फुटबलको उपाधि आफ्नो पोल्टामा पारेको छ ।। गएराती भएको फाइनलमा...
-
अण्डाको मूल्य बढ्यो
काठमाडौं । पछिल्लो समय निरन्तर घटेको अण्डाको मूल्य विस्तारै उकालो लाग्न थालेको छ । लागत मूल्यसमेत पाउन नसक्दा चिन्तित बनेका...
-
आईपीएल क्रिकेटः कोलकाता र पञ्जाबको खेल नतिजाविहिन
काठमाण्डौ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्स र पन्जाब किङ्ग्सको खेल नतिजाविहिन भएको छ । इडेन गार्डेनमा...
-
ललितपुर सिटी क्लब नेपाल सुपर लिग च्याम्पियन
काठमाडौं । ललितपुर सिटी फुटबल क्लव दोस्रो पटक नेपाल सुपर लिग (एनएसएल) च्याम्पियन भएको छ । एनएसएलको तेस्रो संस्करणको शनिबार...
-
एनएसएलको उपाधी भिडन्त : आज ललितपुर र पोखरा भिड्दै
काठमाडौं । काठमाडौंमा जारी नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करणको उपाधी भिडन्त आज हुँदैछ । आज साँझ ६ बजे त्रिपुरेश्वरस्थित...
-
क्रिकेटका मुख्य प्रशिक्षक स्टुअर्ट ल आज आउँदै
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त प्रशिक्षक स्टुअर्ट ल आज नेपाल आइपुग्दै छन् । प्रशिक्षक लु आज शुक्रबार नेपाल...
-
त्रिकोणात्मक टी–२० शृंखला: नेपालले नेदरल्याण्ड्स र स्कटल्याण्डसँग प्रतिस्पर्धा
काठमाडौं । स्कटल्याण्डमा आगामी जुन महिनामा आयोजना हुने त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृंखलाको खेल तालिका सार्वजनिक भएको छ । तालिका अनुसार,...
-
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको २० प्रतिशत काम सम्पन्न
काठमाडौं ।चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम २० प्रतिशत सम्पन्न भएको छ । भरतपुर महानगरपालिका–१५ स्थित सङ्घ र...