प्रचण्डको थेगोः सरकार ढल्छ
काठमाडाैं । केपी ओली नेतृत्वको सरकार नयाँ वर्ष लागेसंगै ढल्न सक्छ ? व्यापक चलेको हल्ला चलाउन थालिएको छ।
सोमबार एमाले पार्टी कार्यालय च्यासलमा वसेको सचिवालय बैठकमा समेत यो विषयमा चर्चा भएको बताइन्छ । एमाले सचिवालय बैठकमा प्रधानमन्त्री केपी ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकार ढाल्ने प्रयास शुरुदेखि नै गरेपनि कांग्रेससँग कुनै समस्या नरहेको र सरकार चल्ने बताए । त्यसपछि एमालेले प्रचण्डले भनिरहेको सरकार ढल्ने विषयको च्याप्टर क्लोज भएको दाबी दोहोर्यायो ।
प्रचण्डले ओली नेतृत्वको सरकार ढल्ने दाबी गर्न लागेको सरकार निर्माण भएदेखि नै हो । तर, कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओली र आफू जेलदेखिकै साथी भएको र सरकारलाई पुरापुर सहयोग हुने बताउने गरेका छन् । तर, प्रचण्डले रटान लगाइरहन्छन्, सरकार ढल्छ ।
सरकार आजै ढल्यो । भोलि ढल्यो भनिरहेका प्रचण्डलाई प्रधानमन्त्री ओलीले मधेसबट भनिदिए- सरकार ढल्छ भनेर अहिले विपक्षीहरु थाकिसके । सरकारको नेतृत्व मैले देउवाजीलाई १५ महिनापछि हस्तान्त्रण गर्छु । कांग्रेस एमाले गठबन्धन आवश्यक परे ०८४ को निर्वाचनपछि समेत निरन्तर हुनसक्छ ।
सरकार ढाल्ने षडयन्त्रबाट दिक्दार भइसकेका प्रचण्डले चैत्र ३१ गते चितवन पुगेपछि बोलि फेरेका छन् । सरकार ढल्छ भन्ने कुरालाई प्रचण्डले नयाँ वर्षसंगै नयाँ परिस्थिति सिर्जना हुने भनिदिए । उसोतः एक टेलिभिजन अन्तरवार्ताको क्रममा प्रचण्डले कांग्रेसले सरकार बनाए माओवादीले साथ दिने । सरकारमा आउ भने जाने। नआउ भने नजाने भन्न भ्याए । सरकारबाट हटेपछि सरकारमा जाँदै नजाने र जनतासँगै रहने बाँचा गरेका प्रचण्ड सत्ता छटपटीमा देखिदा आफ्नै अभिव्यक्तिलाई माथ दिन लागिपरेका छन् ।
उसोतः राजनीतिक वृत्तमा पछिल्लो समय हल्ला चल्न थालेको छ, प्रचण्डले सरकार ढल्छ भन्ने थेगो नै बनाएका छन् । सार्वजनिक अभिव्यक्तिमा कतै न कतै सरकार ढल्छ भन्नु उनको कर्तव्य बन्न पुगेको छ ।
Comments
अरु समाचार
-
हर्मुज जलमार्ग बन्द गर्ने अधिकार कुनै पनि देशलाई छैन: अन्तर्राष्ट्रिय समुद्री सङ्गठन
काठमाण्डौ - अमेरिका र इरान युद्धका कारण अवरुद्ध भएको स्ट्रेट अफ हर्मुजमा पानीजहाज रोक्ने कानुनी अधिकार कुनै पनि देशलाई नभएको...
-
‘सर्वे भवन्तु सुखिन:’- प्रधानमन्त्री शाहले संस्कृत श्लोकमार्फत दिए नयाँ वर्षको शुभकामना
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले नयाँ वर्ष २०८३ को सुखद अवसरमा समस्त नेपालीमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना...
-
आजदेखि नयाँ वर्ष २०८३ साल सुरु, हर्षोल्लासका साथ मनाइँदै
काठमाडौं । आजदेखि नयाँ वर्ष २०८३ साल सुरु भएको छ । नयाँ वर्षलाई उत्साह, नयाँ उमङ्ग र नयाँ सुरुआतका रूपमा...
-
निगमकाे स्पष्टाेक्ति : १५ दिनमा सात अर्ब ८१ करोड ६१ लाख रुपैयाँ घाटा
काठमाडाैं । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढ्दै जाँदा घाटा व्यहोर्नु परिरहेको जनाएको छ ।पछिल्लो समय...
-
शाह नेतृत्वको मन्त्रिपरिषद्मा महिला प्रतिनिधित्व हालसम्मकै उच्च
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले महिला सहभागितामा हालसम्मकै ऐतिहासिक उपलब्धि हासिल गरेको छ । शाह नेतृत्वको १६ सदस्यीय...
-
‘वुमेन्स च्यालेन्ज ट्रफी’ का लागि इन्दुको कप्तानीमा घोषणा भयो टोली
काठमाडौंँ । आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने नेपाली महिला टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु वर्माको कप्तानीमा...
-
आजदेखि ‘शून्य बाँकी फाइल अभियान सुरु हुँदै
काठमाडौं । सरकारी कार्यालयमा दर्ता भएका, सुरुआती टिप्पणीलगायत फाइल विभिन्न तह र टेबलमा अनावश्यक रूपमा थन्काएर निर्णयमा ढिलाइ हुने प्रवृत्ति...
-
प्रधानमन्त्रीसहित अन्य मन्त्रीहरूको सम्पत्ति कति ?
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार सम्पत्ति विवरण...
-
साउदी अरबमा एकैदिन सात जनालाई मृत्युदण्ड
दुबई । साउदी अधिकारीहरूले एकै दिनमा लागुऔषध ओसारपसारको अभियोगमा दोषी ठहर भएका सात जनालाई मृत्युदण्ड दिएका छन् । पाँच साउदी...












