प्रचण्डको थेगोः सरकार ढल्छ
काठमाडाैं । केपी ओली नेतृत्वको सरकार नयाँ वर्ष लागेसंगै ढल्न सक्छ ? व्यापक चलेको हल्ला चलाउन थालिएको छ।
सोमबार एमाले पार्टी कार्यालय च्यासलमा वसेको सचिवालय बैठकमा समेत यो विषयमा चर्चा भएको बताइन्छ । एमाले सचिवालय बैठकमा प्रधानमन्त्री केपी ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकार ढाल्ने प्रयास शुरुदेखि नै गरेपनि कांग्रेससँग कुनै समस्या नरहेको र सरकार चल्ने बताए । त्यसपछि एमालेले प्रचण्डले भनिरहेको सरकार ढल्ने विषयको च्याप्टर क्लोज भएको दाबी दोहोर्यायो ।
प्रचण्डले ओली नेतृत्वको सरकार ढल्ने दाबी गर्न लागेको सरकार निर्माण भएदेखि नै हो । तर, कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओली र आफू जेलदेखिकै साथी भएको र सरकारलाई पुरापुर सहयोग हुने बताउने गरेका छन् । तर, प्रचण्डले रटान लगाइरहन्छन्, सरकार ढल्छ ।
सरकार आजै ढल्यो । भोलि ढल्यो भनिरहेका प्रचण्डलाई प्रधानमन्त्री ओलीले मधेसबट भनिदिए- सरकार ढल्छ भनेर अहिले विपक्षीहरु थाकिसके । सरकारको नेतृत्व मैले देउवाजीलाई १५ महिनापछि हस्तान्त्रण गर्छु । कांग्रेस एमाले गठबन्धन आवश्यक परे ०८४ को निर्वाचनपछि समेत निरन्तर हुनसक्छ ।
सरकार ढाल्ने षडयन्त्रबाट दिक्दार भइसकेका प्रचण्डले चैत्र ३१ गते चितवन पुगेपछि बोलि फेरेका छन् । सरकार ढल्छ भन्ने कुरालाई प्रचण्डले नयाँ वर्षसंगै नयाँ परिस्थिति सिर्जना हुने भनिदिए । उसोतः एक टेलिभिजन अन्तरवार्ताको क्रममा प्रचण्डले कांग्रेसले सरकार बनाए माओवादीले साथ दिने । सरकारमा आउ भने जाने। नआउ भने नजाने भन्न भ्याए । सरकारबाट हटेपछि सरकारमा जाँदै नजाने र जनतासँगै रहने बाँचा गरेका प्रचण्ड सत्ता छटपटीमा देखिदा आफ्नै अभिव्यक्तिलाई माथ दिन लागिपरेका छन् ।
उसोतः राजनीतिक वृत्तमा पछिल्लो समय हल्ला चल्न थालेको छ, प्रचण्डले सरकार ढल्छ भन्ने थेगो नै बनाएका छन् । सार्वजनिक अभिव्यक्तिमा कतै न कतै सरकार ढल्छ भन्नु उनको कर्तव्य बन्न पुगेको छ ।
Comments
अरु समाचार
-
चर्चित ५२ भाइको मुद्दा: रमनको जिकिरमाथि रमेशको दर्बिलो प्रहार
काठमाडाैं । चर्चित संवैधानिक निकायका पदाधिकारी नियुक्तिविरुद्धको रिटमा निवेदकका कानून व्यवसायीहरूले उठाएका तर्कमाथि महान्यायाधिवक्ता रमेश बडालले दर्बिलो प्रहार गरेका छन्...
-
भारतीय विद्युत मन्त्री आज नेपाल आउँदै, प्रसारण लाइन सम्झौतापत्रमा हस्ताक्षर हुने
काठमाडौं । भारतका विद्युत, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर मङ्गलबार (आज) नेपाल भ्रमणमा आउँदै छन् । ऊर्जा, जलस्रोत तथा...
-
ल क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका उम्मेदवार विजयी
काठमाडौं । नेपाल ल क्याम्पस स्ववियु सभापतिमा अनेरास्ववियुका समिर रिजाल निर्वाचित भएका छन् । विपक्षी नेविसङ्घका मोहम्मद प्रबेजलाई ११७ मतले...
-
आजको राशिफलः २०८२ साल वैशाख ९ गते मंगलबार
मेष : आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउनेछन्। श्रम परे पनि उपलब्धि कम मात्र प्राप्त हुनेछ। स्वास्थ्यमा अलि कमजोरी अनुभूति हुनेछ।...
-
आफूलाई बाइपास गरेर अमेरिकासँग व्यापार नगर्न चीनको चेतावनी
बेइजिङ । अमेरिकासँग व्यापारिक सम्झौता गरेर आफ्नो व्यापार सीमित पार्न खोजे त्यसको गम्भीर परिणाम भोग्नुपर्ने चीनले अन्य देशलाई चेतावनी दिएको...
-
शिक्षा मन्त्री भट्टराईले दिइन् राजीनामा
काठमाण्डौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छन् । मन्त्री भट्टराईले सोमबार दिउँसो प्रधानमन्त्री केपी शर्मा...
-
रवि लामिछानेको रिट हेर्न नमिल्नेमा
काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेलाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा दायर गरिएको बन्दी प्रत्यक्षीकरणको रिट हेर्न नमिल्ने भएको...
-
सुनको मूल्यमा नयाँ कीर्तिमान
काठमाडौं । कारोबार हुने साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी...
-
रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण निवेदनको पेशी आज
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा परेको बन्दीप्रत्यक्षीकरण रिटको पेशी...