त्रिविमा ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट वितरण सेवा अनलाइन
ट्रान्सक्रिप्ट र प्रभिजनलका लागि अब बल्खु धाउन नपर्ने,
काठमाडौं । आजदेखि त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटका लागि अनलाइन सेवा सुरु गरेको छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार आज बिहान ११ बजेदेखि अनलाइन सेवा सुरु गरिएको हो ।
अनलाइन सेवा सुरु भएपछि परीक्षा नियन्त्रण कार्यालय बल्खु पुगेर अब कागजी फारम भर्ने र त्यो बुझाउन लाइन लाग्नुपर्ने झन्झटबाट मुक्ति मिल्ने छ ।
परीक्षा नियन्त्रक जोशीले आफ्नै पद्धती तयार गरी अनलाइन सेवा कार्यान्वयनमा ल्याइएको बताए । तत्कालका लागि ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटको आवदेनका लागि अनलाइन सेवा सुरु गरिएको र अन्य सेवाहरु क्रमशः लागू गर्दै लैजाने योजना रहेको उनले बताए ।
उनका अनुसार आगामी जेठ १५ गतेदेखि परीक्षा नियन्त्रण कार्यालय बल्खुबाट दिइने सम्पूर्ण सेवा अनलाइनबाट सञ्चालन गरिने छ ।
अनलाइन फारम भर्नका लागि मा लगइन गरी दिइएको निर्देशन अनुसार फारम भर्न सकिन्छ । साथै तोकिएको शुल्क संलग्न बैंक मार्फत् अनलाइनबाट भुक्तानी गरी सबमिट पनि गर्न सकिने छ ।
यसका लागि प्रारम्भिक चरणमा रजिष्ट्रेसन कार्डमा उल्लेख भए बमोजिम मार्कसिटहरुमा एकरुपता भए सोही अनुसार गर्ने अन्यथा करेक्सन अप्सनमा गएर सच्याएर सबमिट गर्नुपर्ने परीक्षा नियन्त्रक जोशीले बताए ।

Comments
अरु समाचार
-
सुनको मूल्यमा सामान्य वृद्धि
काठमाडौं । आज( आइतवार) साताको कारोबारको पहिलो दिन सुनको मूल्य सामान्य बढेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य...
-
रियल मड्रिडलाई स्तब्ध पार्दै बार्सिलोनाको पोल्टामा ‘कोपा डेल रे’ उपाधि
काठमाडौं । रियल मड्रिडलाई पराजित गर्दै बार्सिलोनाले कोपा डेल रे फुटबलको उपाधि आफ्नो पोल्टामा पारेको छ ।। गएराती भएको फाइनलमा...
-
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको २० प्रतिशत काम सम्पन्न
काठमाडौं ।चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम २० प्रतिशत सम्पन्न भएको छ । भरतपुर महानगरपालिका–१५ स्थित सङ्घ र...
-
आईपीएलमा आजः राजस्थान र बैंगलरुबिच प्रतिस्पर्धा हुँदै
काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल २०२५ को ४२औं खेलमा आज रोयल च्यालेन्जर्स बैंगलुरू र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा...
-
माइक्रोबस र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु, १४ जना घाइते
काठमाडौं । डुम्रे–बेँसीसहर खण्डअन्तर्गतको भानु नगरपालिका–१० कालीमाटीमा आज माइक्रोबस र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने १४ जना...
-
तीव्र गतिको कार रूखमा ठोक्किँदा एकको मृत्यु, तीन जना घाइते
काठमाडौं । कोसी राजमार्गअन्तर्गत सुनसरीको इटहरीमा भयानक कार दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार इटहरी उपमहानगरपालिका–२०, पानीपिया...
-
वर्षा बाधक बन्दा विश्वकपमा पुग्ने नेपालको सपना चकनाचुर
काठमाडौं । काठमाडौंको मुलपानीमा जारी आइसिसी यू–१९ विश्वकप २०२६ मा छनोट प्रतियोगिताको खेल अवरुद्ध हुँदा विश्वकमा पुग्ने नेपालको सपना तहसनहस...
-
धवल शम्शेरलाई उपचारका लागि छाड्ने तयारी
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्रीसमेत रहेका प्रतिनिधि सभा सांसद धवल शम्शेर जबरालाई हिरासतबाट छाड्ने तयारी भएको छ। स्वास्थ्य...
-
वीरगञ्जको निषेधाज्ञा हट्यो
काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले आज बिहानदेखि वीरगञ्ज महानगर क्षेत्रमा लगाएको निषेधाज्ञा हटाएको छ । प्रमुख जिल्ला अधिकारी गणेश...