संखुवासभामा चट्याङ लागेर एकै परिवारका चार जना घाइते
काठमाडौं । संखुवासभा जिल्लाको खाँदबारी नगरपालिका-९ साठिमुरेमा चट्याङ लागेर एकै परिवारका चार घाइते भएका छन् ।
खाँदबारी–९ साठिमुरेमा हावाहुरी तथा पानी सँगै आएको चट्याङ लागेर एकै परिवारका चार जना घाइते भएका हुन् ।
सोमबार बेलुकी साढे ४ बजे पानी सँगै आएको चट्याङ लागेर एकै परिवारका चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले जानकारी दिए ।
चट्याङ लागेर खाँदबारी–९ साठिमुरेकी कोपिला श्रेष्ठ, १८ बर्षीय छोरा गगन श्रेष्ठ, १८ बर्षीया बुहारी बविता मगर र १३ बर्षीया छोरी निरुता श्रेष्ठ घाइते भएको प्रहरी नायव उपरीक्षक बस्नेत बताए ।
घाइते चारै जनाको जिल्ला अस्पताल संखुवासभामा उपचार भइरहेको छ । उपचाररत चारैजना खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।
Comments
अरु समाचार
-
माइक्रोबस र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु, १४ जना घाइते
काठमाडौं । डुम्रे–बेँसीसहर खण्डअन्तर्गतको भानु नगरपालिका–१० कालीमाटीमा आज माइक्रोबस र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने १४ जना...
-
तीव्र गतिको कार रूखमा ठोक्किँदा एकको मृत्यु, तीन जना घाइते
काठमाडौं । कोसी राजमार्गअन्तर्गत सुनसरीको इटहरीमा भयानक कार दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार इटहरी उपमहानगरपालिका–२०, पानीपिया...
-
वर्षा बाधक बन्दा विश्वकपमा पुग्ने नेपालको सपना चकनाचुर
काठमाडौं । काठमाडौंको मुलपानीमा जारी आइसिसी यू–१९ विश्वकप २०२६ मा छनोट प्रतियोगिताको खेल अवरुद्ध हुँदा विश्वकमा पुग्ने नेपालको सपना तहसनहस...
-
धवल शम्शेरलाई उपचारका लागि छाड्ने तयारी
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्रीसमेत रहेका प्रतिनिधि सभा सांसद धवल शम्शेर जबरालाई हिरासतबाट छाड्ने तयारी भएको छ। स्वास्थ्य...
-
वीरगञ्जको निषेधाज्ञा हट्यो
काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले आज बिहानदेखि वीरगञ्ज महानगर क्षेत्रमा लगाएको निषेधाज्ञा हटाएको छ । प्रमुख जिल्ला अधिकारी गणेश...
-
राष्ट्रपतिद्वारा संसद्को अधिवेशन आह्वान
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकको सिफारिसमा राष्ट्रपतिले...
-
यू-१९ विश्वकप एसिया छनोट: हङकङमाथि नेपालको सहज जित
काठमाडौं । नेपालले आईसीसी यू–१९ विश्वकप एसिया छनोटमा लगातार तेस्रो जित निकालेको छ । बुधबार भएको खेलमा नेपालले हङकङलाई सहजै...
-
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएका छन् । बैठक आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ...
-
त्रिवि निमित्त उपकुलपतिको जिम्मेवारी खड्ग केसीलाई
काठमाडौं । त्रिभुवन विश्वविद्यालय निमित्त उपकुलपतिको जिम्मेवारी रेक्टर खड्ग केसीलाई दिइएको छ । त्रिवि ऐनमा उपकुलपति रिक्त रहे रेक्टरलाई बढीमा...