ताजा समाचार

रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक भोलि (बिहीबार) दिउँसो २ बजे बस्ने भएको छ ।

बैठक रास्वपाका कार्यबाहक सभापति डीपी अर्यालको नेतृत्वमा भोली पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बैठक बस्ने बताइएको छ ।

कार्यबाहक प्रवक्ता मनिष झाका अनुसार, बैठकमा अघिल्लो बैठकका निर्णय, पार्टी गतिविधि, सदस्यहरूको रिपोर्टिङ र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ ।

त्यस्तै, महाधिवेशन कार्य विवरण सम्बन्धमा पनि छलफल हुने प्रवक्ता झाले बताए । जन यात्रा कार्यक्रम, ब्लुप्रिन्ट कार्यदल, लिडरशिप एकेडेमी, प्रशिक्षण, संगठन सबलीकरण लगायतका विषयमा विशेष रिपोर्टिङ हुने उनले बताए ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org