ताजा समाचार

च्याम्पियन्स लिगको सेमिफाइनल समीकरण पूरा

काठमाडौं । युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनल समीकरण पूरा भएको छ।गएराति क्वार्टरफाइनलका दुई खेल सकिएसँगै फाइनल पुग्न भिड्ने टिमको टुंगो लागेको हो।

गएराती भएको खेलमा रियललाई समग्रमा १–५ गोलले पराजित गर्दै आर्सनल र बायर्न म्युनिखसँग इन्टर मिलान २–२ गोलको बराबरी भए पछि सेमिफाइनलको समिकरण पूरा भएको हो । यसअघि पहिलो लेगमा इन्टरले बायर्नलाई २–१ गोलले पराजित गरेको थियो।

गएरातिको खेलपछि समग्रमा ४–३ को नतिजा निकाल्दै बायर्न सेमिफाइनलमा पुगेको हो। डर्टमन्डलाई हराउँदै बार्सिलोना र एस्टन भिल्ललाई हराउँदै पिएसजी यसअघि नै सेमिफाइनल पुगेका थिए।

सेमिफाइनलमा अब आर्सनलले पिएसजीसँग र बार्सिलोनाले इन्टर मिलानसँग भिड्नेछ। आर्सनल र पिएसजीबीचको खेल अप्रिल ३० र बार्सिलोना र इन्टरबीचको खेल मे १ मा हुनेछ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org