ताजा समाचार

अमेरिकी उपराष्ट्रपति जेडी भान्स भारत आउँदै

काठमाडौं । अमेरिकी उपराष्ट्रपति जेडी भान्स र उनकी श्रीमती उषा भान्स आगामी साता भारत भ्रमणमा आउने भएका छन । उनले अप्रिल २१ देखि चार दिने भारत भ्रमण गर्ने तय भएको हो ।

भारत भ्रमणको क्रममा भान्सले प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्नेछन् । यस अवधिमा द्विपक्षीय वार्ता हुनेछ । भान्सले अप्रिल २४ मा वाशिङ्गटन डीसी जानुअघि जयपुर र आग्राको पनि भ्रमण गर्ने कार्यक्रम छ ।

यो भ्रमणले दुवै पक्षलाई द्विपक्षीय सम्बन्धमा भएको प्रगति र प्रधानमन्त्री मोदीको अमेरिका भ्रमणको क्रममा फेब्रुअरी १३ मा जारी गरिएको भारत–अमेरिका संयुक्त वक्तव्यको नतिजाको कार्यान्वयनको समीक्षा गर्ने अवसर प्रदान गर्ने भारतले जनाएको छ । इटालीको भ्रमणपछि भान्स भारत भ्रमणमा आउने बताइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org