ताजा समाचार

आईपीएलमा आज : मुम्बई र हैदराबाद भिड्ने

काठमाडौं । आईपीएल २०२५मा आज मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबाद भिड्दैछन् । जारी सिजन यी दुई टोली पहिलो पटक आमने समने हुन लागेका हुन ।

हार्दिक पाण्ड्याको कप्तानीमा रहेको मुम्बई र प्याट कमिन्सको कप्तानीमा रहेको हैदराबादले अहिलेसम्म समान ६ खेल खेलेर २ खेल जित्दै ४ अंक जोडेका छन् ।

त्यस्तै, आजको खेलमा आईपीएलका ७ सिजनसम्म मुम्बईको लागि खेलेका ईशान किशन आज हैदराबादको तर्फबाट आफ्नै पूरानो टोलीविरुद्ध खेल्नेछन् । मुम्बईले मेगा अक्सनमा उनलाई रिटेन नगरेपछि हैदराबादले उनलाई ११ दशमलव २५ करोड भारतिय रुपैयाँमा आफ्नो टिममा सामेल गरेको थियो ।

हैदराबाद र मुम्बईबीच अहिलेसम्म आईपीएलमा २३ खेल भएका छन् । तीमध्ये १३ खेल मुम्बईले जितेको छ भने १० खेल हैदराबादले आफ्नो पक्षमा पारेको छ ।

वानखेडे स्टेडियममा यी दुई टोलीबीच हालसम्म ८ पटक भिडन्त भएको छ । जसमा ६ पटक मुम्बई विजयी भएको छ भने हैदराबादले २ खेल मात्र जित्न सकेको छ । खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुने छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org