धवल शम्शेरलाई उपचारका लागि छाड्ने तयारी
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्रीसमेत रहेका प्रतिनिधि सभा सांसद धवल शम्शेर जबरालाई हिरासतबाट छाड्ने तयारी भएको छ।
स्वास्थ्य उपचारका लागि राणालाई हिरासतबाट छाड्ने तयारी भइरहेको गृहमन्त्री रमेश लेखकको सचिवालयले जनाएको छ। राप्रपा महामन्त्री राणा करिब तीन महिना भारतका विभिन्न अस्पतालमा क्यान्सरको उपचार गरेर गत पुसमा स्वदेश फर्किएका थिए। त्यसपछि उनी राजनीतिमै सक्रिय रहँदै आएका थिए।
उनले स्वास्थ्य उपचारका लागि हिरासत मुक्त गरिदिन आग्रह गर्दै आएका थिए। चैत १५ गते दुर्गा प्रसाईंको आह्वानमा तीनकुनेमा भएको प्रदर्शन भड्काएको आरोपमा पक्राउ गरी अदालतबाट अनुमति लिएर प्रहरीले राणामाथि अनुसन्धान गरिरहेको छ।
राणालाई उपचारपछि कानुनी प्रक्रियामा ल्याउने तयारी छ। सरकारी वकिलको कार्यालय काठमाडौंका प्रमुख रामहरि शर्मा काफ्लेले भने राणालाई छाड्नेबारे जानकारी नभएको प्रतिक्रिया दिए।
यस्तै जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले पनि यसबारे प्रहरीमा जानकारी आइनसकेको बताए। यद्यपि सरकारी वकिल कार्यालय काठमाडौंमा परिसरका अनुसन्धान अधिकारीहरू भने राणालाई छाड्नेबारे छलफलमा छन्।
चैत १५ गते बेलुकी राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री राणालाई प्रहरीले पक्राउ गरेको थियो। राजसंस्था पुनर्स्थापनाका लागि नवराज सुवेदीको नेतृत्वमा गठन भएको संयुक्त जनआन्दोलन समितिु को सदस्य सचिवमा मिश्र र आन्दोलन परिचालन समितिमा राणा थिए।
Comments
अरु समाचार
-
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई पितृशोक
काठमाडौं । पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक परेको छ । भट्टराईका बुबा भोजप्रसाद भट्टराईको...
-
टी–२० विश्वकप तयारी : नेपालको अन्तिम अभ्यास खेल आज क्यानडासँग
काठमाडौं । आईसीसी टी–२० विश्वकपको तयारीस्वरूप अन्तिम वार्मअप खेलमा नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दैछ। चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा हुने खेल...
-
रास्वपा जिल्ला उपसभापति नै कांग्रेस प्रवेश
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की जुम्ला जिल्ला उपसभापति तारा शाहीले पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्।...
-
विमानस्थल भन्सार कार्यालयका ३ कर्मचारी घुससहित पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृत इन्द्र न्यौपानेसहित तीन जना कर्मचारी घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग...
-
एमालेले पठायो ६ लाख ६७ हजार बढीलाई पत्र- भनियाे, बहुमत ल्याउन सक्रिय हुनुस्
काठमाडौं। नेकपा एमालेले पार्टी सदस्यहरूलाई आगामी चुनावमा सक्रिय भूमिका खेल्न अपिल सहितको पत्र पठाएको छ। अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षर...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
बंगलादेश टी-२० विश्वकपबाट हटाइयो, स्कटल्यान्डले खेल्ने
काठमाडाैं सन् २०२६ को टी–२० विश्वकप क्रिकेटमा बंगलादेश सहभागी नहुने भएको छ। भारत र श्रीलंकामा हुने प्रतियोगितामा आफ्ना खेलाडी पठाउन...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
निर्वाचन ४१ दिन बाँकी : उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरिने
काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो १ बजेसम्म नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ।...











