धवल शम्शेरलाई उपचारका लागि छाड्ने तयारी
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्रीसमेत रहेका प्रतिनिधि सभा सांसद धवल शम्शेर जबरालाई हिरासतबाट छाड्ने तयारी भएको छ।
स्वास्थ्य उपचारका लागि राणालाई हिरासतबाट छाड्ने तयारी भइरहेको गृहमन्त्री रमेश लेखकको सचिवालयले जनाएको छ। राप्रपा महामन्त्री राणा करिब तीन महिना भारतका विभिन्न अस्पतालमा क्यान्सरको उपचार गरेर गत पुसमा स्वदेश फर्किएका थिए। त्यसपछि उनी राजनीतिमै सक्रिय रहँदै आएका थिए।
उनले स्वास्थ्य उपचारका लागि हिरासत मुक्त गरिदिन आग्रह गर्दै आएका थिए। चैत १५ गते दुर्गा प्रसाईंको आह्वानमा तीनकुनेमा भएको प्रदर्शन भड्काएको आरोपमा पक्राउ गरी अदालतबाट अनुमति लिएर प्रहरीले राणामाथि अनुसन्धान गरिरहेको छ।
राणालाई उपचारपछि कानुनी प्रक्रियामा ल्याउने तयारी छ। सरकारी वकिलको कार्यालय काठमाडौंका प्रमुख रामहरि शर्मा काफ्लेले भने राणालाई छाड्नेबारे जानकारी नभएको प्रतिक्रिया दिए।
यस्तै जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले पनि यसबारे प्रहरीमा जानकारी आइनसकेको बताए। यद्यपि सरकारी वकिल कार्यालय काठमाडौंमा परिसरका अनुसन्धान अधिकारीहरू भने राणालाई छाड्नेबारे छलफलमा छन्।
चैत १५ गते बेलुकी राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री राणालाई प्रहरीले पक्राउ गरेको थियो। राजसंस्था पुनर्स्थापनाका लागि नवराज सुवेदीको नेतृत्वमा गठन भएको संयुक्त जनआन्दोलन समितिु को सदस्य सचिवमा मिश्र र आन्दोलन परिचालन समितिमा राणा थिए।
Comments
अरु समाचार
-
विश्वकप एसिया छनोटः नेपाल थाइल्याण्डसँग ७८ रनले पराजित
काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटको सुपर ३ अन्तर्गत थाइल्याण्डसँगको अन्तिम खेलमा नेपाल पराजित भएको छ । थाइल्याण्डले...
-
प्रधानमन्त्री अस्वस्थ हुँदा सांसदसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित !
काठमाडौं । प्रतिनिधिसभाको आज बस्ने बैठकको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री उपस्थित नहुने भएका छन् । प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या आएपछि सांसदसँगको प्रश्नोत्तर...
-
बन्दीपुरमा बस र टिप्पर एकापसमा जुध्दा दुर्घटना !
काठमाडौं । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रे नजिक आज बिहान बस र टिप्पर एकापसमा जुध्दा बसमा सवार ७ जना घाइते...
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमा कुरा गरी युक्रेनमा ‘रक्तपात’ अन्त्य गर्ने बताउनुभएको छ...
-
एमाले उपमहासचिव गुरुङ सम्मानित !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङ सम्मानित भएका छन् । एमाले लमजुङको नवौँ जिल्ला अधिवेशन परिषद्को प्रथम...
-
पुँजीगत खर्च दश महिनामा चौँतिस प्रतिशत
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ सकिन दुई महिना मात्रै बाँकी रहँदा सरकारको विकास खर्च भने निकै कमजोर देखिएको छ...
-
समितिबाट सङ्घीय निजामती सम्बन्धी विधेयक पारित
काठमाडौं । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिले सङ्घीय निजामती सेवामा रहने कर्मचारीको उमेर हद ६० वर्ष, अतिरिक्त सचिव राख्ने व्यवस्था...
-
विद्यालय जान लागेका दुई बालबालिकाको हत्यापछि आफै आत्महत्याको प्रयास !
काठमाडौं । चितवनमा एक व्यक्तिले आज धारिलो हतियार प्रहार गरी दुई बालबालिकाको हत्या गरी आफूले समेत आत्महत्याको प्रयास गरेका छन्।...
-
कारको ठक्करबाट २ जना महिलाको मृत्यु
काठमाडौं । बुद्धभूमि नगरपालिका–१ वसन्तपुरमा प्रातः भ्रमणमा निस्किएका दुई महिलाको कारको ठक्करबाट मृत्यु भएको छ । गोरुसिङ्गे–अर्घाखाँची सडक खण्डमा गोरुसिङ्गेतर्फ...