बार्सिलोनाले यो सिजनको उपाधि नजिक
काठमाडौं । स्पेनिस लिग लिडर बार्सिलोनाले रोमाञ्चक पुनरागमन गर्दै आफूलाई यो सिजनको उपाधि नजिक पुर्याएको छ । शनिवार राती सेल्टाभिगोसँगको खेलमा ३–१ ले पछि परेको अवस्थालाई उल्ट्याउँदै बार्साले ४–३ को रोमाञ्चक जित दर्ता गरेको हो ।
खेलको पहिलो अग्रता भने १२ औँ मिनेटमा टोरेसको गोल मार्फत बार्सिलोनाले गरेको थियो । तर त्यसयता बोर्जा इग्लेसियासले सेल्टाभिगोको लागि आफ्नो ह्याट्रिक पूरा गर्दै बार्सिलोनालाई निराश बनाएका थिए ।
तर ६४ औँ मिनेटमा ओल्मो र ६८ औँ मिनेटमा राफिन्हाले गोल गरेपछि बार्साले निर्धारित ९० मिनेटमा बराबरी गर्न सफल भयो । ९० मिनेटपछिको इन्जुरी समयमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै राफिन्हाले गोल गरेपछि बार्सिलोनाले महत्त्वपूर्ण ३ अङ्क बटुल्न सफल बन्दै यो सिजनको उपाधिमा बलियो दाबेदारी प्रस्तुत गर्न सफल भएको छ ।
३२ खेलबाट बार्सिलोना ७३ अङ्क सहित पहिलो स्थानमा यथावत् छ । रियल मड्रीडको ३१ खेलबाट ६६ अङ्क पुगेको छ । पराजित सेल्टा भिगो ४३ अङ्क सहित आठौँ स्थानमा छ ।
Comments
अरु समाचार
-
क्यानको केन्द्रीय सम्झौतामा समावेश नहुने सन्दीपको घोषणा
काठमाडौं । नेपाली क्रिकेट टिमका पूर्वकप्तान तथा लेग स्पीनर सन्दीप लामिछानेले यसपटक नेपाल क्रिकेट संघ (क्यान)को केन्द्रीय सम्झौतामा समावेश नहुने...
-
विश्वकप एसिया छनोटः नेपाल र हङकङसँग ७ विकेटले पराजित
काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा मंगलबार भएको खेलमा नेपाल हङकङसँग ७ विकेटले पराजित भएको छ । समूह...
-
विश्वकप एसिया छनोटः नेपाल र हङकङ भिड्दै
काठमाडौं । थाइल्याण्डमा जारि आइसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा आज नेपाल हङकङसँग भिड्दैछ । छनोटको समूह ‘सि’मा रहेको नेपाल...
-
एम्बाप्पेको ह्याट्रिकका बाबजुद रियल मड्रिड हार्यो, बार्सिलोना उपाधि नजिक !
काठमाडौं । यूरोपमा जारि स्पेनिस ला–लिगाको सर्वाधिक महत्त्वपूर्ण खेल मानिने ‘एल क्लासिको’ मा पुनः बार्सिलोनाले बाजि मार्दा यो पटक रियल...
-
भारत पाकिस्तान तनाव : आईपीएल रोक्ने बीसीसीआईको निर्णय
काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेट २०२५ को सिजन रोकिएको छ । पाकिस्तानसँग बढ्दो तनावका बीच बीसीसीआईले...
-
टी–20 विश्वकप छनोट: नेपाल र हंकङबीचको खेल रद्द
काठमाडौं । आईसीसी महिला टी–20 विश्वकप एसिया छनोटअन्तर्गत आज हुने भनिएको नेपाल र हंकङबीचको खेल रद्द भएको छ । थाइल्यान्डमा...
-
आईपीएलमा युद्धको प्रभाव: दिल्ली र पन्जाबको खेल रद्द
काठमाण्डौ। इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्स र पन्जाब सुपर किङ्ग्सबीचको खेल रद्द भएको छ । गएराति धर्मशालामा भइरहेको...
-
टी–२० विश्वकप छनोट: नेपालले पहिलो खेल हङकङसँग खल्दै
काठमाडौं । आइसिसी महिला टी–२० विश्वकप छनोटअन्तर्गत नेपालले पहिलो खेल हङकङसँग खल्दै छ । भोलि अर्थात मे ९ बाट २०...
-
रोहित शर्माद्धारा टेष्ट क्रिकेटबाट सन्यास घोषणा
काठमाडौं । भारतीय क्रिकेट टिमका कप्तान रोहित शर्माले टेष्ट क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन्।शर्माले सामाजिक सञ्जालमार्फत टेष्ट क्रीकेटबाट सन्यास...