ताजा समाचार

भालुको आक्रमणबाट महिला घाइते

काठमाडौं । उदयपुरको कटारी नगरपालिका–२, गराँसस्थित नारायणी सामुदायिक वन क्षेत्रमा एक महिला जङ्गली भालुको आक्रमणमा परेर घाइते भएकी छिन्।

सोमबार बिहान घाँस काट्ने क्रममा भालुले आक्रमण गर्दा ४६ वर्षीया पञ्चमाया तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

कार्यालयले जनाएअनुसार बिहान ८ः४० बजे तिर घाँस काटिरहेकी तामाङलाई अचानक जङ्गली भालुले आक्रमण गरेको थियो । आक्रमणबाट तामाङको शरीरका विभिन्न भागमा चोटपटक लागेको छ ।

हाल घाइते तामाङको कटारी अस्पताल, उदयपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यो घटनाले वन क्षेत्रमा मानिसको प्रवेश र सुरक्षाको विषयमा थप ध्यान दिनुपर्ने अवस्था देखिएको स्थानीयवासीको भनाइ छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org