ताजा समाचार

सुनको मूल्य झन्डै दुई लाख आसपास

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य झन्डै दुई लाख आसपास पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार छापावाल सुन प्रतितोला ६ हजार ९ सय रुपैयाँले बढेर १ लाख ९७ हजार ९०० रुपैयाँ कायम भएको हो।

केही समयदेखि लगातार उकालो लागेको सुनको मूल्य २ लाख पुग्ने रफ्तारमा देखिन्छ। यसअघि सोमबार वैशाख ८ गते सुनको मूल्यमा रेकर्ड कायम भएको थियो। सो दिन छापावाल सुन प्रतितोला १ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले बढेर १९ सय ७० रुपैयाँ कायम भएको छ। सोमबार चाँदीको भाउ प्रतितोला १९ सय ६० रुपैयाँ कायम रहेको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org