ताजा समाचार

शिक्षा मन्त्रालयको पनि जिम्मेवारी भूमिमन्त्री अधिकारीलाई

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीलाई शिक्षा मन्त्रालयको पनि जिम्मेवारी दिइएको छ ।

शिक्षामन्त्री विद्या भट्टराईले दुई दिनअघि राजीनामा दिएपछि उक्त मन्त्रालय प्रधानमन्त्री मातहत मानै थियो । अब उक्त मन्त्रालयको जिम्मेवारी भूमिमन्त्री अधिकारीले निर्वाह गर्नेछन् ।

बुधबारबाट लागू हुने गरी अधिकारीलाई शिक्षाको पनि जिम्मेवारी दिइएको प्रधानमन्त्री ओलीको सचिवालयले बताएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार यसको जानकारी वैशाख १२ गते बस्ने प्रतिनिधिसभा बैठकमा गराइनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org