‘कश्मीरमा आतंकवादी हमला गर्नेलाई कल्पना गरेभन्दा ठूलो सजाय हुन्छ’
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मू कश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा संलग्नलाई उनीहरुले कल्पना गरेभन्दा पनि ठूलो सजाय दिने बताएका छन् ।
गत मंगलबार पहलगाममा भएको आतंकवादी आक्रमणमा २७ जना मारिएका थिए । त्यसमा जम्मू कश्मीर घुम्न गएका नेपालका सुदीप न्यौपानेको पनि आतंकबादीले हत्या गरेका थिए । बिहिबार बिहारको मधुबनीमा एक कार्यक्रमलाई संवोधन गर्दै मोदीले आतंकवादी र यो हमलाको योजना बनाउनेहरुलाई उनीहरुले सोचेको भन्दा ठूलो सजाय पाउने बताएका हुन् ।
उनले आतंकबादी संसारको जुनसुकै कुनामा लुकेर बसेको भएपनि नछाड्ने चेतावनी पनि दिएका छन् । आक्रमणको जिम्मेवारी प्रतिबन्धित पाकिस्तानी विद्रोही समूह लस्कर–ए–तैयबा (एलईटी)को छाया संगठन रेजिस्टेन्स फ्रन्ट (टीआरएफ)ले जिम्मेवारी लिएको छ ।
Comments
अरु समाचार
-
A day in the life of a Russian diplomat in Kathmandu
Kathmandu- This year, Russia marks Diplomatic Workers’ Day on 10 February, as Russia and Nepal celebrate 70 years of diplomatic relations....
-
घरभित्रै गाडी पस्दा एक नेपालीको मृत्यु
काठमाडाैं । अस्ट्रेलियाको पर्थ सहरमा भएको कार दुर्घटनामा एक नेपालीको मृत्यु भएको छ । नेपालबाट पारिवारिक भ्रमणमा आएकी विष्णुमाया गुरुङको...
-
नोबेल शान्ति पुरस्कार विजेता मोहम्मदीलाई इरानमा साढे ७ वर्षको जेल सजाय
काठमाडौं । नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदीलाई इरानको एक अदालतले साढे सात वर्षको जेल सजाय सुनाएको छ । उनका...
-
कोइलाखानी विस्फोटमा दाजुभाइको मृत्यु
काठमाडौं । भारतको उत्तर पूर्वमा पार्ने मेघालय राज्यको एक कोइलाखानीमा भएको विस्फोटमा परेर खोटाङको बराहपोखरी गाउँपालिकाका एकै घरका २ दाजुभाइको...
-
रुस–युक्रेनबीच युद्ध अन्त्य गर्न युएईमा वार्ता शुरु हुने पुष्टि
किएभ । रुसले युक्रेन र अमेरिकासँग युएईको अबुधाबीमा चार वर्षे युद्ध अन्त्य गर्न बुधवारदेखि नयाँ चरणको वार्ता शुरु हुने पुष्टि...
-
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई भ्रष्टाचार अभियोगमा १० वर्ष जेल
ढाका । बङ्गलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय सुनाएको छ । विशेष न्यायाधीशको अदालत–४...
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
Alexander Kadakin: The Diplomat Who Turned Service into a Lifelong Mission
The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most often associated with India, as it were the relations with this...











