ताजा समाचार

‘कश्मीरमा आतंकवादी हमला गर्नेलाई कल्पना गरेभन्दा ठूलो सजाय हुन्छ’

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मू कश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा संलग्नलाई उनीहरुले कल्पना गरेभन्दा पनि ठूलो सजाय दिने बताएका छन् ।

गत मंगलबार पहलगाममा भएको आतंकवादी आक्रमणमा २७ जना मारिएका थिए । त्यसमा जम्मू कश्मीर घुम्न गएका नेपालका सुदीप न्यौपानेको पनि आतंकबादीले हत्या गरेका थिए । बिहिबार बिहारको मधुबनीमा एक कार्यक्रमलाई संवोधन गर्दै मोदीले आतंकवादी र यो हमलाको योजना बनाउनेहरुलाई उनीहरुले सोचेको भन्दा ठूलो सजाय पाउने बताएका हुन् ।

उनले आतंकबादी संसारको जुनसुकै कुनामा लुकेर बसेको भएपनि नछाड्ने चेतावनी पनि दिएका छन् । आक्रमणको जिम्मेवारी प्रतिबन्धित पाकिस्तानी विद्रोही समूह लस्कर–ए–तैयबा (एलईटी)को छाया संगठन रेजिस्टेन्स फ्रन्ट (टीआरएफ)ले जिम्मेवारी लिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org