ताजा समाचार

सर्वोच्चको आदेश विद्यालय र परीक्षा समयमै सञ्चालन गर्नेमा केन्द्रितः महासचिव पोखरेल

काठमाडाैं । सर्वोच्च अदालतले नियमित पढाई सुचारु गर्न, एसईईको नतिजा समयमै सार्वजनिक गर्न र कक्षा १२ को परीक्षा समयै सम्पन्न गराउन भन्दै दिएको आदेशमाथि विभिन्न टिप्पणी हुन थालेको छ।

शिक्षक नेताहरुले सर्वोच्चको आदेश सरकारलाई भएको भन्दै आन्दोलन नरोकिने भनिरहेको बेला एमाले महासचिव शंकर पोखरेलले चर्को आक्रोश पोखेका छन् ।

पोखरेलले सर्वोच्चले दिएको आदेश वालवालिकाको भविष्यका लागि भएको भन्दै भनेका छन्, ‘ सर्वोच्च अदालतले वालवालिकाको भविष्यका वारेमा गम्भीर चिन्ता गर्दै निर्देशनात्मक आदेश दिएछ । कतिपय शिक्षक नेताहरु उक्त आदेश सरकारका लागि हो भनेर तर्क गरिरहनु भएको छ । हो आदेश त सरकारलाई हो । तर चिन्ता विद्यालय वन्द भएको कुरा प्रति हो । त्यसमाथि सरकार र राजनीतिक दलले विद्यालय शिक्षा ऐन यस अधिवेशनवाट जारी गर्दछौ भन्दा पनि लिएर मात्र जाने हठ गर्ने शिक्षक नेताहरुको हठका विरुद्धमा हो ।’

यो पनिः कक्षा १२ को परीक्षा तोकिएकै समयमा गर्न सर्वोच्चले दियो आदेश

सर्वोच्चको आदेश शिक्षा ऐन लिएरै जाने हठ गरिरहेका शिक्षकलाई भएको भनेका महासचिव पोखरेलले अनाैपचारिक रुपमा सरकारसँग भएको सम्झाैतालाई कार्यान्वयन गर्दै विद्यालय फर्किनुपर्नेमा जोड दिएका छन् ।

सर्वोच्चको आदेशको मुख्य कुरा विद्यालय र परीक्षा समयमै सञ्चालन गर्नुपर्ने रहेको भन्दै शिक्षकहरुलाई सडक छाड्न पोखरेले अपिल समेत गरेका छन् । तर, शिक्षकहरु भने सडकमा नियमित आन्दोलनमै रहने भनिरहेका छन् । यता, शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले ११ बजेदेखि २ बजेसम्मको आन्दोलनमा सभ्य भएर उपस्थित हुन अपिल गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org