त्रिकोणात्मक टी–२० शृंखला: नेपालले नेदरल्याण्ड्स र स्कटल्याण्डसँग प्रतिस्पर्धा

काठमाडौं । स्कटल्याण्डमा आगामी जुन महिनामा आयोजना हुने त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृंखलाको खेल तालिका सार्वजनिक भएको छ ।
तालिका अनुसार, यस सिरिजमा नेपाल, नेदरल्याण्ड्स र आयोजक स्कटल्याण्डले प्रतिस्पर्धा गर्नेछन् । यी तीन टोली आईसीसी विश्वकप लिग–२ को एकदिवसीय शृंखला समाप्त भएलगत्तै टी–२० भिडन्तमा उत्रनेछन् ।
टी–२० अन्तर्राष्ट्रिय सिरिज जुन १५ देखि २० तारिखसम्म सञ्चालन हुनेछ । तालिका अनुसार सबै खेल नेपाली समय अनुसार साँझ पैने ८ बजे शुरु हुनेछन् ।
शृंखलालाई आगामी जुलाईमा ओमानमा आयोजना हुने पुरुष टी–२० विश्वकप छनोट प्रतियोगिताको लागि महत्वपूर्ण तयारीको रूपमा हेरिएको छ । टी–२० अन्तर्राष्ट्रिय सिरिजमा नेपालले जुन १६ र १८ मा नेदरल्याण्ड्ससँग तथा जुन १७ र २० मा स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ ।
यसअघि, यी तीन टोलीले आईसीसी विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय शृंखलामा प्रतिस्पर्धा गर्नेछन् । सिरिजमा नेपालले जुन २ र ८ मा स्कटल्याण्डको सामना गर्नेछ भने जुन ४ र १० मा नेदरल्याण्ड्ससँग खेल्नेछ । जारी लिग–२ मा नेपाल अंक तालिकाको सातौं स्थानमा रहेको छ ।
नेपालले १२ खेलमा दुईमा जित, आठमा हार र दुई खेलमा अंक बाँडेको छ । लिग–२ को यो संस्करणमा नेपालले अझै २४ खेल खेल्न बाँकी छ ।
यस्तो छ लिगको अंक तालिकाः

Comments
अरु समाचार
-
आजको राशिफल: २०८२ जेठ २ गते शुक्रबार
मेष: साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ। सामाजिक दायित्व बढ्नेछ। सानो प्रयत्नले समाजका लागि धेरै...
-
सगरमाथाको चुचुरो चुम्ने महामन्त्री शर्माको संकल्प !
काठमाडौं । नेपाली कांग्रेस महाममन्त्री विश्वप्रकाश शर्माले सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा पुगेका छन् । शर्माले सामाजिक सञ्जालमा विभिन्न तस्बिर...
-
प्रधानमन्त्रीसँग रुसी प्रतिनिधिमण्डलको शिष्टाचार भेट
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग रुसी महासङ्घअन्तर्गतको काल्मिकियाका प्रमुख बाटु कासिकोभ नेतृत्वको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ ।...
-
कांग्रेस नेता बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम’ (टेरामक्स) खरिद प्रक्रियामा अनियमितता गरेको आरोपमा तत्कालीन...
-
प्रधानमन्त्रीसँग चिनियाँ जनकङ्ग्रेसका उपाध्यक्षको शिष्टाचार भेट !
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेको चिनियाँ जनकङ्ग्रेसको स्थायी समितिका उपाध्यक्ष सिआओ ची नेतृत्वको प्रतिनिधिमण्डलले आज शिष्टाचार...
-
संवैधानिक अंगका पदाधिकारी नियुक्ति संविधान र कानूनसम्मत भएको वरिष्ठ अधिवक्ताहरूको तर्क हाबी
काठमाडाैं । चर्चित संवैधानिक अंगहरूमा पदाधिकारी नियुक्तिविरुद्धको चार वर्षअघिको रिटमा प्रत्यर्थी (संवैधानिक अंगका पदाधिकारी)हरूका कानून व्यवसायीले ओजिलो, तर्कशील र तथ्यपरक...
-
आज प्रतिनिधिसभाको बैठक, यस्ता छन् सम्भावित कार्यसूची
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने छ । बैठकमा...
-
सत्य निरुपण र बेपत्ता आयोगमा को को नियुक्त भए पदाधिकारी ?
काठमाडौं । सरकारले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिन आयोगमा पदाधिकारी नियुक्त गरेको छ । बुधबार अबेर...
-
सर्वोच्चको आदेशसँगै केबलकार निर्माण गर्ने बाटो खुल्यो
काठमाडौं । सर्वोच्च अदालतले ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण कार्य रोक्न यसअघि दिएको अन्तरिम आदेश निरन्तरता दिनु नपर्ने आदेश गरेको छ...