त्रिकोणात्मक टी–२० शृंखला: नेपालले नेदरल्याण्ड्स र स्कटल्याण्डसँग प्रतिस्पर्धा
काठमाडौं । स्कटल्याण्डमा आगामी जुन महिनामा आयोजना हुने त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृंखलाको खेल तालिका सार्वजनिक भएको छ ।
तालिका अनुसार, यस सिरिजमा नेपाल, नेदरल्याण्ड्स र आयोजक स्कटल्याण्डले प्रतिस्पर्धा गर्नेछन् । यी तीन टोली आईसीसी विश्वकप लिग–२ को एकदिवसीय शृंखला समाप्त भएलगत्तै टी–२० भिडन्तमा उत्रनेछन् ।
टी–२० अन्तर्राष्ट्रिय सिरिज जुन १५ देखि २० तारिखसम्म सञ्चालन हुनेछ । तालिका अनुसार सबै खेल नेपाली समय अनुसार साँझ पैने ८ बजे शुरु हुनेछन् ।
शृंखलालाई आगामी जुलाईमा ओमानमा आयोजना हुने पुरुष टी–२० विश्वकप छनोट प्रतियोगिताको लागि महत्वपूर्ण तयारीको रूपमा हेरिएको छ । टी–२० अन्तर्राष्ट्रिय सिरिजमा नेपालले जुन १६ र १८ मा नेदरल्याण्ड्ससँग तथा जुन १७ र २० मा स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ ।
यसअघि, यी तीन टोलीले आईसीसी विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय शृंखलामा प्रतिस्पर्धा गर्नेछन् । सिरिजमा नेपालले जुन २ र ८ मा स्कटल्याण्डको सामना गर्नेछ भने जुन ४ र १० मा नेदरल्याण्ड्ससँग खेल्नेछ । जारी लिग–२ मा नेपाल अंक तालिकाको सातौं स्थानमा रहेको छ ।
नेपालले १२ खेलमा दुईमा जित, आठमा हार र दुई खेलमा अंक बाँडेको छ । लिग–२ को यो संस्करणमा नेपालले अझै २४ खेल खेल्न बाँकी छ ।
यस्तो छ लिगको अंक तालिकाः
Comments
अरु समाचार
-
एमालेको महाधिवेशन बिथोल्ने नियतसहित कुलमानले नागढुंगाको बाटो बन्द गरे
काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले एमालेको महाधिवेशन बिथोल्न भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले नागढुंगाको बाटो बन्द गरेको आरोप लगाएका...
-
भ्रष्टाचार न्यूनिकरणमै थप समय खर्चिनेछुः किशोर सिलवाल
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोर सिलवाल उमेरहदका कारण मंगलबारदेखि अवकाशमा गएका छन् । २०७७ माघ २१ गते...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...
-
तोकिएको समयमै निर्वाचन सम्पन्न गराउन पूर्वराष्ट्रपति भण्डारीको प्रधानमन्त्री कार्कीलाई आग्रह
काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री सुशीला कार्कीलाई घोषित मितिमा स्वच्छ, निष्पक्ष र भयरहित ढंगले निर्वाचन गर्न आग्रह गरेकी छन्...
-
विवादास्पद छवीका महानिर्देशक प्रदीप अधिकारी पूर्पक्षका लागि थुनामा
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का विवादास्पद छवीका महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन विशेष अदालतले आदेश...












