ताजा समाचार

क्रिकेटका मुख्य प्रशिक्षक स्टुअर्ट ल आज आउँदै

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त प्रशिक्षक स्टुअर्ट ल आज नेपाल आइपुग्दै छन् । प्रशिक्षक लु आज शुक्रबार नेपाल आइपुग्ने जानकारी नेपाल क्रिकेट संघले दिएको छ ।

उनलाई गत चैत १५ गते नेपाली टोलीको मुख्य नियुक्त गरिएको थियो । उनी न्युक्त भएको करिब १ महिना पछि जिम्मेवारी सम्हाल्न नेपाल आउने भएका हुन् ।

गत जनवरीमा यसअघिका प्रशिक्षक मोन्टी देशाईसँगको सम्झौता सकिएको र नवीकरण समेत नभएको अवस्थामा रिक्त रहेको पदमा आवेदनपश्चात् स्टुअर्टको इन्ट्री भएको हो । ५६ वर्षीय लको पदावधी अप्रिलदेखि दुई वर्षको लागि हुनेछ ।

अनुभवी प्रशिक्षक लले श्रीलंका, बंगलादेश, वेष्ट इन्डिज, अफगानिस्तान र अमेरिकाको मुख्य प्रशिक्षक भएर काम गरिसकेका छन् । उनी सन् १९९६ को विश्वकपमा अष्ट्रेलिया उपविजेता हुँदा त्यसको सदस्य थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org