ताजा समाचार

एमाले निकट सांसदहरुलाई ओलीले भने- गलत कुराको तत्काल प्रतिवाद गर्नूस्

काठमाण्डौ । प्रधानमन्त्री एवम् नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीले संसद्मा बोलिएका गलत कुराहरूको तत्काल प्रतिवाद गर्न निर्देशन दिनुभएको छ । शनिबार बसेको एमाले संसदीय दलको बैठकमा सांसदहरूलाई प्रशिक्षित गर्दै ओलीले राष्ट्रियताको पक्षमा स्पष्ट दृष्टिकोण राख्ने, अडान राख्ने, उभिने काम गर्न निर्देशन दिनुभएको हो ।

उहाँले राष्ट्रलाई विभिन्न ढङ्गले कमजोर पार्ने खालका क्रियाकलाप र प्रवृत्तिहरूविरुद्ध स्पष्ट धारणा राख्न आग्रह गर्नुभयो । देशभन्दा ठूलो अरू नहुने भन्दै उनले देशप्रति निष्ठा नहुने तत्वहरूको मुखुण्डो उतार्नुपर्ने उहाँको भनाइ छ । प्रधानमन्त्री ओलीले गलत कुराको प्रतिवाद तत्कालै गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यसअघि आजै लुम्बिनीमा चौथो एशियाली बौद्ध सांस्कृतिक महोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले शान्ति आजको सबैभन्दा बढी आवश्यकता भएको बताउनुभएको छ । अहिले युद्धका बादलहरु मडारिरहेको उल्लेख गर्दै दुनियाँ कहीँ युद्धतिर त जाँदैन ? भन्ने डर रहेको भन्दै प्रधानमन्त्री ओलीले त्यसका लागि पनि शान्तिको आवश्यक अपरिहार्य रहेको उल्लेख गर्नुभयो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org