ताजा समाचार

ललितपुर सिटी क्लब नेपाल सुपर लिग च्याम्पियन

काठमाडौं । ललितपुर सिटी फुटबल क्लव दोस्रो पटक नेपाल सुपर लिग (एनएसएल) च्याम्पियन भएको छ । एनएसएलको तेस्रो संस्करणको शनिबार भएको फाइनलमा पोखरा थन्डर्स फुटबल क्लवलाई २–१ गोलले पराजित गर्दै ललितपुरले उपाधि रक्षा गरेको हो ।

दशरथ रंशगालामा भएको खेलमा ललितपुरले पहिलो हाफमा एक गोलको अग्रता लिएको थियो । दोस्रो हाफमा पोखराले एक गोल फर्काए पनि खेलको ७४ औं मिनेटमा दोस्रो गोल गर्दै ललितपुरले जीत सुनिश्चित गर्‍यो ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org