कसरी अशान्त भयो आज बानेश्वरमा शिक्षकहरुको आन्दोलन ?
काठमाडौं । शिक्षा ऐनको माग सहित चैत २० गतेबाट काठमाडौंको बानेश्वरमा जारि रहेको शिक्षक आन्दोलन आज अशान्त बनेको छ । सदा झैँ आज पनि शिक्षक तथा विद्यालय कर्मचारीहरू माइतीघर मण्डला–नयाँ बानेश्वर सडक खण्डमा विरोध प्रदर्शनका लागि निस्किएका थिए ।
सधै शान्तीपूर्ण रुपमा माइतीघरबाट हिँडेर नाराबाजी गर्दै नयाँ बानेश्वरस्थित एभरेस्ट होटल नजिकैको सडकमा कोणसभा गर्दै आफ्ना माग राख्ने शिक्षकहरुको आन्दोलन आज एकाएक आक्रामक देखिए ।
गत चैत महिनमा काठमाडौंमा राजावादीहरुको सक्रियतालाई लिएर काठमाडौंका विभिन्न स्थानहरुमा निषेधित क्षेत्र तोकिएको छ । आज शिक्षक आन्दोलनकर्ताहरुले बानेश्वरस्थित प्रहरीले तोकेको निषेधित क्षेत्रमा प्रहरी र आन्दोलनरत शिक्षकहरू झडप भएको हो ।
झडपका क्रममा प्रहरीले आन्दोलनकर्ता माथि लाठी र पानीको फोहोर प्रहार गरेको थियो प्रहा र गरेका थियो भने, आन्दोलनरत शिक्षकहरूले सडक छेउछाउमा रहेको ढुङ्गा प्रहार गरेका थिए ।आज प्रहरीको लाठी तथा पानीको फोहोर लागेर दर्जन बढी शिक्षकहरू घाइते भएको बुझिएको छ ।
नियमित रुपमा शान्तपूर्वक आन्दोलन गर्दै आएका शिक्षकहरू आज भने आक्रोशित देखिएका थिए । सुरुमा शिक्षकहरूले निषेधित क्षेत्रमा राखिएको ब्यारिकेट फाल्न खोजेका थिए । नाराबाजी गर्दै ब्यारिकेट फाल्न थालेपछि प्रहरीले रोक्ने प्रयास गरेको थियो ।
शिक्षकहरूले ‘केपी ओली तिम्रो पाराले, दुःख पायो साराले,’ गृहमन्त्री राजीनामा दे, जस्ता नारा लगाउँदै थिए । सयौँको सङ्ख्यामा रहेका शिक्षकहरूले एकाएक ब्यारिकेट फाल्न थाले । प्रहरी रोक्न खोज्ने, शिक्षकहरूले ब्यारिकेट हटाउने प्रयास गरिरहे ।
एकछिनको घम्साघम्सीपछि शिक्षकहरूले उक्त ब्यारिकेट हटाउन सफल भए । उनीहरूले ब्यारिकेट हटाएपछि प्रहरीले पानीको फोहोरा प्रहार गर्यो । पानीको फोहोरा प्रहार गर्दै प्रहरीले लाठी समेत प्रहार गर्न थाल्यो । त्यसपछि आन्दोलनकारी शिक्षकहरूले समेत प्रहरीमाथि ढुङ्गा प्रहार गर्न थाले ।
प्रहरीको लाठी र पानीको फोहोरा लागेर एक दर्जन बढी शिक्षकहरू घाइते भएका छन् । नेपाल शिक्षक महासङ्घका महासचिव तुलाबहादुर थापाले झडपपछि घाइते भएका शिक्षकहरूको उपचार भइरहेको बताए । बढी चोट लागेका शिक्षकहरूलाई उपचारका लागि सिभिल हस्पिटल लैजान भनिएको छ भने सामान्य चोट लागेका शिक्षकहरूलाई आन्दोलन स्थलमै उपचार भइरहेको छ ।
आन्दोलन उग्र बनेपछि घुसपैठ गरेको भन्दै आफ्नै साथीहरूलाई समेत नियन्त्रणमा लिएका छन् । घुसपैठ गरेको भन्दै शिक्षकहरूले आन्दोलन गर्दै आएका शिक्षकलाई नै नियन्त्रणमा लिएका हुन् । महासङ्घका महासचिव थापाले घुसपैठ गरेको आन्दोलनरत शिक्षकहरूलाई नियन्त्रणमा लिने काम भइरहेको भन्दै त्यसलाई रोक्न भनेका छन् ।
माइकिङ गर्दै उनले घुसपैठ गरेको भन्दै शिक्षकहरूलाई नै नियन्त्रणमा लिने काम भएको भन्दै उनीहरूले परिचयपत्र हेरेर छाड्न भनेका हुन् । विगत २६ दिनदेखि आन्दोलन गर्दै आएका शिक्षकहरू आज भने आक्रोशित भएका हुन् । शान्तिपूर्ण आन्दोलन गर्दा सरकार कानमा तेल हालेर बसेको भन्दै उनीहरू आक्रोशित बनेका हुन् ।






Comments
अरु समाचार
-
आज प्रतिनिधिसभाको बैठक, यस्ता छन् सम्भावित कार्यसूची
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने छ । बैठकमा...
-
सत्य निरुपण र बेपत्ता आयोगमा को को नियुक्त भए पदाधिकारी ?
काठमाडौं । सरकारले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिन आयोगमा पदाधिकारी नियुक्त गरेको छ । बुधबार अबेर...
-
सर्वोच्चको आदेशसँगै केबलकार निर्माण गर्ने बाटो खुल्यो
काठमाडौं । सर्वोच्च अदालतले ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण कार्य रोक्न यसअघि दिएको अन्तरिम आदेश निरन्तरता दिनु नपर्ने आदेश गरेको छ...
-
‘व्यवहारिक र वस्तुनिष्ठ बजेट निर्माण हुनेछ’
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका आधारमै आगामी आवको बजेट निर्माण गरिने बताएका छन्।...
-
क्यानको केन्द्रीय सम्झौतामा समावेश नहुने सन्दीपको घोषणा
काठमाडौं । नेपाली क्रिकेट टिमका पूर्वकप्तान तथा लेग स्पीनर सन्दीप लामिछानेले यसपटक नेपाल क्रिकेट संघ (क्यान)को केन्द्रीय सम्झौतामा समावेश नहुने...
-
प्रधानमन्त्रीद्धारा प्रेस चौतारीको प्रशिक्षण वर्ष २०८२ को लोगो सार्वजनिक
काठमाडौं । प्रधानमन्त्री केपी ओलीद्धारा प्रेस चौतारी नेपालको प्रशिक्षण वर्ष २०८२ को लोगो औपचारिक रूपमा सार्वजनिक गरिएको छ । प्रेस...
-
किरातीले ‘एयरपोर्ट बनाउनु टेम्पो चलाउनु जस्तो होइन’ भनेपछि !
काठमाडौं । पूर्वमन्त्री सुदन किरातीका प्रति धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ खनिएका छन्। हर्क धरानमा बन्ने भनिएको एयरपोर्टको विषय झिकेर...
-
काठमाडाैंको मखनटोलमा आगलागी, एक महिलाको गयो ज्यान
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर २४ स्थित मखन टोलमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । घरको तेश्रो...
-
सम्पत्ति शुद्धिकरण विभाग रेकर्ड ब्रेकको योजनामा, तथ्याङ्कले के देखाउँछ ?
काठमाडाैं । सम्पत्ति शुद्धिकरण विभागको स्थापनाकालदेखि अहिलेसम्म ४ हजार ३३ उजुरी दर्ता भएका छन् । विभागमा दर्जा उजुरीमध्ये ८० प्रतिशत...