ताजा समाचार

नेपाल-भारत सीमामा थप सतर्कता, आवातजावतमा कडाइ

सुनसरी । भारतको जम्मु कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि नेपाल–भारत सीमा क्षेत्रमा पनि निगरानी बढाइएको छ । खुला सीमाका कारण कुनै किसिमका अवाञ्छित गतिविधि हुन नदिन निगरानी बढाइएको हो ।

सुनसरी जिल्लाको बर्जु, हरिनगर र कोसी गाउँपालिकामा पर्ने नेपाल–भारत सीमा क्षेत्रको निरीक्षण गर्नुका साथै सुरक्षा सतर्कता बढाइएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले सञ्चारमाध्यमलाई जानकारी दिएका छन् ।

सशस्त्र प्रहरी, नेपाल प्रहरी र भारतीय सीमा सुरक्षा बल एसएसबीसहितको टोलीले संयुक्त गस्ती गर्नुका साथै सीमा क्षेत्र भएर आवतजावत गर्ने मानिसलाई जाँच गरेर मात्र आवतजावत गर्न दिएको सशस्त्र प्रहरी उपरीक्षक निर्मलकुमार थापाको भनाइ छ ।

सुनसरीको सीमा क्षेत्रमा पनि सुरक्षा सतर्कता बढाइएको छ । मानिसहरु आवातजावत हुँदा चेकजाँचमा कडाइ गरिएको छ । कश्मिरको पहलगाममा भएको हमालामा नेपालका सुदीप न्यौपाने सहित २६ जनाको मृत्यु भएको थियो ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org