सक्रिय राजनीतिका लागि विद्यादेवीको दाैडधुप बाक्लियो, हेटाैडा जाँदै
काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किने लगभग निश्चित भएको छ ।
देशका विभिन्न क्षेत्रमा राजनीतिक दाैडधुप बढाएकी भण्डारी १९ गते काठमाडाैंबाट हेटाैडा जान लागेकी छन् । हेटाैडामा २० गते कार्यक्रम रहेको र बागमतीका नेता कार्यकर्तालाई सम्बोधन गर्ने तयारी गरिएको छ ।
भण्डारी बागमतीबाटै मधेस प्रदेशतर्फ जाने बुझिएको छ । ‘पूर्वराष्ट्रपति भण्डारी अब एमालेको नेतृत्व गर्ने गरि अघि बढ्नु भएको छ । गण्डकी, कोशी र लुम्बिनीमा गएर नेता कार्यकर्ताको मनोभावना बुझ्ने काम भइसकेको छ । बागमतीमा यहि १९ गते जाने कार्यक्रम छ । त्यसपछि त्यतैबाट मधेश पनि झर्ने भन्नेछ । अब एमालेको नेतृत्व गर्नबाट कसैले रोक्न सक्दैन् । उहाँ अघि बढिसक्नु भयो ।’ पूर्वराष्ट्रपति भण्डारी निकट स्रोतले भन्यो ।
एमालेमा केपी ओलीको लिगेसी भण्डारीले नै बोक्ने गरि अघि बढेको स्रोतको दाबी छ । उसोतः भण्डारीको सक्रिय राजनीति पनि ओलीसँगको सहमतिमै हुने र बाहिर हल्ला भएजस्तो कुनै विवाद नहुने स्रोतको दाबी छ ।
Comments
अरु समाचार
-
वायु सेवा निगमको बैंकक स्टेशन ‘बेस्ट पर्फमेन्स अफ द इयर’, दामोदर मिश्र ‘बेस्ट प्रेजेन्टर’
काठमाडौं । नेपाल वायु सेवा निगमको दुई दिने बैठक विभिन्न १३ वटा निर्णय गर्दै सम्पन्न भएको छ । काठमाडौंमा यही...
-
विश्व पाैडेल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त, सरकार ढल्ने चर्चा हल्लामै सिमित
काठमाडाैं । सरकारले डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको छ । मंगलवार बसेको मन्त्रीपरिषद्को बैठकले...
-
बालेनका राइट ह्याण्ड राजुनाथ पाण्डे कारबाहीको अन्तिम चरणमा !
काठमाडाैं । काठमाडाैं महानगरपालिकाका मेयर बालेन्द्र साह 'बालेन'का राइटह्यण्ड राजुनाथ पाण्डेलाई स्पष्टीकरण सोधिएको छ । काठमाडाैं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत...
-
कपिलवस्तुको शुद्धोदन गाउँपालिका अध्यक्ष पक्राउ !
काठमाडौं । विद्युतीय अपराध सम्बन्धी कसुरमा कपिलवस्तुको शुद्धोदन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरी पक्राउ परेका छन् । पक्राउ पूर्जी जारी भएपछि...
-
पूर्वप्रधानमन्त्री प्रचण्डको आग्रहमा पारिवारिक भ्रमण रोकेकी पूर्वराष्ट्रपति विद्यादेवी चीन जाँदै
काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमणमा जाने भएकी छन् । २०८१ जेठ २७ गते प्रचण्ड भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...
-
संवैधानिक इजलासमा वरिष्ठ अधिवक्ता शम्भु थापाकै व्यक्ति केन्द्रित बहस, महान्यायाधिवक्ताको तर्क बलियो बन्दा जवाफमा लाञ्छना !
काठमाडाैं । जब मानिसमा तर्कमा बल पुग्दैन, तत्पश्चात् उसले कुतर्क गर्दछ, कतिपय अवस्थामा त मुढे बल प्रयोग गर्दछ । यदाकदा...
-
के ओली देउवाबीच सम्बन्ध चिसिएकै हो ?
काठमाडाैं । प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच अन्तिममा आएर भेटवार्ता रोकिएपछि यसबारे अनेक अड्कलबाजी हुन थालेका छन्...
-
विश्वमा चट्याङबाट हुने जोखिममा नेपाल पाँचौँ स्थानमा !
काठमाडौं । नेपालमा पछिल्लो चार वर्षमा चट्याङबाट दुई सय ३७ जनाको मृत्यु भएको छ भने नौ सय आठ जना घाइते...
-
हैदरावादसँग पराजित भयो लखनउ, प्लेअफबाट बाहिरियो
काठमाण्डौ। लखनउ सुपर जायन्ट्स आईपीएलको प्लेअफ होडबाट बाहिरिएको छ । सोमबार सनराइजर्स हैदराबादसँग पराजित भएसँगै लखनउको प्लेअफ सम्भावना सकिएको हो...