ताजा समाचार

भवितव्य नआए गुणाकर गभर्नर बन्ने पक्का

काठमाडाैं । राष्ट्र बैकमा रिक्त गभर्नरमा भवितव्य सिर्जना नभए अब गुणाकर भट्ट नियुक्त हुने भएका हुन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा राति दुई घण्टा बढि समय भको छलफलले भट्टलाई गभर्नर नियुक्ति आगामी शुक्रबारसम्म गर्ने सहमति भएको स्रोतको दाबी छ ।

भट्टलाई रोक्न सर्वोच्चदेखि अन्य उपाय अवलम्बनमा उत्रिएको उटा समूहको प्रयासलाई असफल पार्न अर्थमन्त्री विष्णु पाैडेलले कामु गभर्नर निलम ढुंगानालाई बोलाएर तत्काल राजीनामा स्वीकृत गर्न निर्देशन नै दिएका छन् ।

बालुवाटारमा प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएको छलफलमा उप्रप्रधानमन्त्री पाैडेल पनि सहभागी थिए । त्यहि बैठकको स्पिरिडअनुसार अब भट्ट गभर्नर नियुक्त हुने भएका हुन् ।

‘गुणाकर भट्टलाई अयोग्य देखाएर षडयन्त्र गर्ने प्रपञ्च असफल भएको छ । सरकारकै कमजोरी देखाउनेदेखि सत्ता समिकरण गिजोल्ने प्रयासको एउटा सहउत्पादन गभर्नर प्रकरणमा देखिएको पक्का हो । राजनीतिक नेतृत्वले सुझबुझपूर्ण ढंगले समस्या समाधानको बाटो समाएको छ । उच्च स्रोतले भन्यो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org