ओलीको जवाफले गगन थचक्कै, देउवा पनि ‘इरिटेड’
काठमाडाैं । कांग्रेस महामन्त्री गगन थापाको हिरोइजममा प्रधानमन्त्री केपी ओलीले पानी खन्याइदिएका छन् ।
प्रधानमन्त्रीको बेडरुमसम्म विचाैलिया पुग्छन भन्दै हाइहाई कमाएका गगनलाई प्रधानमन्त्री ओलीले प्रमाणित गर्न सार्वजनिक चुनाैति दिएपछि गगन चुप लागेका छन् ।
कांग्रेसमा कहिले कता त, कहिले कता गुट फेरेर पदीय स्वाद लिदै आएका गगनले पछिल्लो समय कांग्रेस सभापति शेरबहादुर देउवासँग निकटता बढाउने प्रयास गरिरहेका छन् । देउवासँग निकटता बढाएर सभापति हत्याउने ठानेका गगनले आफूलाई सुपेरियर ठान्दा विचाैलिया प्रकरण भारी पर्न गएको हो ।
कांग्रेस सभापति देउवाले नै गगनले धेरै बोलेर आफैलाई हानी गर्ने गरेको सार्वजनिक अभिव्यक्ति नै दिएका थिए । कम बोल्नेले काम फत्ते गर्ने, धेरै बोल्नेले आफैलाई हानी पुर्याउने भनेका देउवाले पछिल्लो समय गगनको भूमिकालाई निगरानीमा राखेको स्रोतको दाबी छ ।
उसोतः आफैलाई प्राथमिकतामा राख्ने गगनले प्रधानमन्त्रीमाथि लगाएको गम्भीर आरोपबारे बालुवाटारमा भएको ओली देउवाको छलफलको क्रममा समेत बहस भएको स्रोतको दाबी छ । त्यो क्रममा देउवाले सार्वजनिक रुपमा आरोप पुष्टी गर्नुपर्ने र सोहिअनुसार गर्नुपर्ने भनेको दाबी गरिएको छ।
विचाैलिया प्रकरणसंगै सरकार अब लामो समय नचल्ने हल्ला चलाएर आफ्ना मान्छेलाई सरकारी नियुक्ति दिलाउने तयारीमा जुटेका गगनलाई देउवाले समेत माथ खुवाइदिएपछि अब गगनले के गर्लान भन्ने चासो समेत कांग्रेस भित्रै बढेको छ ।
गुट फेर्ने, बोली फेर्ने र स्वार्थ लिन माहिर गगनको चरित्र उदाङ्गो बन्दै गएको स्थितिमा के प्रधानमन्त्री ओलीले प्रमाणित गर्न दिएको चुनाैतिको सामना गर्न सक्लान ? सामान्य कर्मचारी नियुक्तिका लागि हदैसम्म गिर्न थालेका गगनलाई अब देउवाले साथ दिने वातावरण बन्ला ? यस्तै प्रश्नको विवेचना चिया चाैतारीमा समेत हुने गरेको छ । तर, गगन पछिल्लो समय अन्टसन्ट बोल्दाको परिणामपछि माैन देखिन थालेका छन् ।
Comments
अरु समाचार
-
भारतको हिमाचलमा ग्यास सिलिण्डर विस्फोट, ९ जना नेपालीको मृत्यु
काठमाडौं । भारतको हिमाचल प्रदेशमा भएको ग्यास सिलिण्डर विस्फोटबाट ९ जना नेपालीको ज्यान गएको छ। सोलन जिल्लाको अर्की क्षेत्रमा ग्यास...
-
कांग्रेस विशेष महाधिवेशन : सीताराम केसीको अध्यक्षतामा निर्वाचन समिति गठन
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत निर्वाचन समिति गठन गरिएको छ । मंगलबार बन्दसत्र सुरु हुनासाथ सीताराम केसीको अध्यक्षतामा...
-
रोल्पामा वर्षमान र बालरामको भिडन्त, के गर्लान् विप्लव ?
काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनको लागि राष्ट्रिय स्वतन्त्र पार्टीले रोल्पाबाट बालराम थापालाई एकल उम्मेद्वार सिफारिस गरेको छ । जिल्ला कार्य...
-
कांग्रेसको विशेष महाधिवेशन र संस्थापन पक्षधरबीच आज वार्ता
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन र संस्थापन पक्षधरबीच आज वार्ता हुँदैछ । विशेष महाधिवेशन गरिरहेको महामन्त्रीद्वय गगन थाप र...
-
कांग्रेस विशेष महाधिवेशनको पक्षमा ६३ प्रतिशत प्रतिनिधिहरूले गरे हस्ताक्षर
काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशनको पक्षमा ६३ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन् । विशेष महाधिवेशन प्रचार संयोजक सुवास...
-
विशेष महाधिवेशनमा विश्वप्रकाशले पेस गरेको प्रतिवेदनमा के छ ?
काठमाडौं ।नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत सोमबार भृकुटीमण्डपमा सुरु भएको बन्दसत्रमा महामन्त्री विश्वप्रकाश शर्माले सांगठनिक प्रतिवेदन पेस गरेका छन्।श्यामकुमार खड्काको अध्यक्षतामा...
-
ओलीसँग भिड्ने तयारी गर्दै बालेन, माघ ५ गते पदबाट राजीनामा दिने
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले माघ ५ गते पदबाट राजीनामा दिने तयारी गरेका छन्। बालेनको सचिवालयका एक सदस्यका...
-
ट्रम्पले आफूलाई घोषणा गरे भेनेजुएलाको कार्यवाहक राष्ट्रपति
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति भएको दाबी गर्दै सनसनी फैलाएका छन्। उनले आफ्नै...
-
कांग्रेस विशेष महाधिवेशनः आज पनि प्रतिनिधिको नाम दर्ता जारी
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...











