सरकारको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेस
काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा सरकारको वार्षिक प्रतिवेदन पेस भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट रक्षामन्त्री मानवीर राईले संविधानको धारा ५३ बमोजिम नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/८० र २०८०/८१ पेस गरेका हुन् ।
सभाले संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले प्रस्तुत गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।
विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका विषयमा जवाफ दिँदै मन्त्री पाण्डेले नेपालको नागरिक उड्डयन सेवालाई अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप प्रभावकारी र कार्यान्वयनमुखी संरचना बनाउन आवश्यक रहेको बताए ।
मन्त्री पाण्डेले नेपाली आकाशलाई गतिशिल सुचारु र सुरक्षित बनाउने दिशामा विधेयक र यसपछि बन्ने संरचनाहरूले काम गर्ने विश्वास व्यक्त गरे।
उनले नागरिक उड्डयन सेवालाई सुरक्षित, नियमित, स्तरीय भरपर्दो र सर्वसुलभ बनाउन विधेयकको उद्देश्य रहेको बताए ।
विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसदहरुले विधेयकलाई समयानुसार थप परिमार्जन गरी अन्तराष्ट्रियस्तरमा नेपालको आकाश सुरक्षित छ भन्ने सन्देश दिन सक्ने गरी विधेयकलाई अगाडी बढाउनुपर्नेमा जोड दिए ।
नेपालको वायुसेवालाई भरपर्दो, विश्वसनीय र मर्यादित बनाउनेगरी विधेयक संशोधनसहित समृद्ध बनाउन जरुरी रहेको सांसदहरुले औँल्याए ।
प्रतिनिधि सभाको अर्को बैठक भोली बिहान ११ बजे बस्ने छ ।
Comments
अरु समाचार
-
भैरहवा विमानस्थल निर्माण अध्ययन उपसमिति संयोजकमा मञ्जु खाँण
काठमाडौं । भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएका त्रुटि, अनियमितता र भ्रष्टाचारसम्बन्धी छानबिन उपसमिति संयोजकमा नेपाली कांग्रेसकी प्रतिनिधि सभा सांसद...
-
२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद समापन
काठमाडौं । जलवायु संकट समाधानका लागि साझा समझदारीको सन्देशसहितको घोषणापत्र जारी गर्दै पहिलो पटक आयोजना गरिएको सगरमाथा संवाद २०२५ सम्पन्न...
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफलः परराष्ट्रमन्त्री
काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले जलवायु परिवर्तनका कारण हिमालदेखि टापुसम्म उत्पन्न समस्याबारे आवाज उठाउन सगरमाथा संवाद सफल भएको...
-
संविधानविरोधी तत्व सल्बलाए, हाई अलर्टमा रहन आईजीपीको निर्देशन
काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले कानूनको कार्यान्वयन, जनताको जीउधनको सुरक्षा र जनजीवनलाई सहज बनाउने कामलाई महत्त्व दिन मातहतका...
-
सशस्त्र प्रहरीका असई छत्यालले चढे सगरमाथा
काठमाडौं । सशस्त्र प्रहरी सहायक निरीक्षक दन्तबहादुर छत्यालले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । उनी जेठ ४...
-
वाम एकताबारे प्रधानमन्त्री ओलीको सनसनीपूर्ण खुलासा, के भने ?
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले 'धेरैतिर फर्किएकाहरूलाई वाम एकतामा ल्याउन सकिँदैन' भनेका छन् । सही...
-
सीप मेलाको नाममा बालेनको ब्रह्मलुट, शैलेन्द्र आतंकदेखि एसीकाण्डसम्म के भयो ?
काठमाडाैं । काठमाडाैं महानगरपालिकाले सीप मेलाको नाममा भ्रष्टाचारलाई बढावा दिन थालेको आरोप लागेको छ । सीप मेलाको नाममा कोटेशनमार्फत लाखाैं...
-
माओवादीको किचलो पुर्न सत्ता फेरबदलको हावा, देउवा ओली के गर्लान ?
काठमाडाैं । माओवादी केन्द्रले सत्ता उलटफेरका अनेक प्रयासलाई जोडतोडका साथ अघि बढाइरहेको छ । मध्यपहाडी लोकमार्ग केन्द्रित माओवादीको अभियानको क्रममा...
-
आज कांग्रेस संसदीय दलको बैठक, बजेटमा केन्द्रित हुने
काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज ( शनिबार) बस्दैछ। सभापति शेरबहादुर देउवाको आह्वानमा शनिबार दिउँसो २...