लक्ष्मी सर सामुदायिक विद्यालय डुबाउने खेलमा !
आफ्ना सन्तान निजीबाट शिक्षित
काठमाडाैं । काठमाडाैंमा जारी शिक्षक आन्दोलन सहमतिभन्दा पनि बखेडातर्फ उन्मुख हुन थालेको प्रष्ट संकेतहरु देखिन थालेका छन् ।
नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले शिक्षक आन्दोलनलाई चर्काउने र सरकार नै ढाल्ने चेतावनी दिदै आएका छन् ।
कांग्रेसका खाँटी कार्यकर्ता समेत रहेका लक्ष्मी किशोर सामूदायिक विद्यालयका शिक्षक भएपनि उनले आफ्ना दुई छोरालाई भने काठमाडाैंकै प्रतिष्ठित निजी विद्यालयका पढाएको खुलेको छ ।
सर्वसाधारण जनताका छोराछोरीले बैशाख सकिनै लाग्दा पनि विद्यालय जाने वातावरण बन्न नदिएका लक्ष्मी सरले सामुदायिक विद्यालयलाई थप धरासयी बनाउने बाटोमा धकेल्ने प्रयासलाई जोड दिन थालेका छन् ।
‘दिनभर सडकमा कुर्लिने । सरकारले बोलाएको वार्तामा असहज माग पेश गर्ने र सोझासाझा शिक्षकलाई अधिकारको कुरा गरेर उत्तेजित पार्ने काम चलिरहेको छ । सरकारले ऐन ल्याउने मिति नै तोकिसकेको छ । बैशाख २३ गते संसदमा पेश हुने भनेपछि विद्यालय गएर वैशाख २३ कुर्न नसकिने स्थिति थिएन् । तर, सरकार नै ढाल्ने मनशाय बोकेपछि केहि नलाग्ने रहेछ । स्थानीय तहले शिक्षकलाई विद्यालय नफर्किए कारबाहीको चेतावनी दिन थालेपछि विद्यालय खुल्ने अपेक्षा त छ । तर, दलीय आधारमा विद्यालय खोल्न अपिल गर्ने काम भयो । यसले नेपालको सामुदायिक शिक्षालाई ठूलो खतरामा पारिदियो ।’ न्यूज नेपालसंग एक शिक्षकले भने ।
‘सामुदायिक विद्यालयको स्तरोन्नतिको कुनै सरोकार नराख्ने तर मागका नाममा जथाभावी गर्ने लक्ष्मी किशोर सुवेदीको हर्कतमाथि प्रश्न उठ्न थालेको छ । आफैले अध्यापन गराउने विद्यालय र आफ्नो क्षमतामाथि शंका हुँदा उनले आफ्ना सन्तानलाई निजीमा पढाए । अहिले उनैले आन्दोलनको नाममा सर्वसाधारणका छोराछोरीमाथि खेलवाड गरिरहेका छन् । शिक्षकका जायज माग पुरा हुनुपर्छ । यसमा शंका छैन् । शिक्षकलाई सम्मानदेखि मर्यादाक्रममा समेत राखिनुपर्छ । तर, आन्दोलनको नेतृत्व गर्नेहरुको रवैयाले सामूदायिक शिक्षा क्षेत्र ध्वस्त हुने बाटोमा जाने खतरा छ ।’ एक पूर्वशिक्षामन्त्रीको दाबी छ ।
उसोतः सरकारले वार्ता गरिरहेको छ । सकेसम्म मंगलबार वा नभए बुधवारसम्म सहमति गरेर शिक्षकलाई विद्यालय फर्काउने भनिरहेको छ । यद्यपी लक्ष्मी किशोर सुवेदी जस्ता नेतृत्वले कसरी लिन्छन भन्ने विषय नै केन्द्रमा रहेको देखिन्छ ।
Comments
अरु समाचार
-
आज प्रतिनिधिसभाको बैठक, यस्ता छन् सम्भावित कार्यसूची
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने छ । बैठकमा...
-
सत्य निरुपण र बेपत्ता आयोगमा को को नियुक्त भए पदाधिकारी ?
काठमाडौं । सरकारले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिन आयोगमा पदाधिकारी नियुक्त गरेको छ । बुधबार अबेर...
-
सर्वोच्चको आदेशसँगै केबलकार निर्माण गर्ने बाटो खुल्यो
काठमाडौं । सर्वोच्च अदालतले ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण कार्य रोक्न यसअघि दिएको अन्तरिम आदेश निरन्तरता दिनु नपर्ने आदेश गरेको छ...
-
‘व्यवहारिक र वस्तुनिष्ठ बजेट निर्माण हुनेछ’
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका आधारमै आगामी आवको बजेट निर्माण गरिने बताएका छन्।...
-
क्यानको केन्द्रीय सम्झौतामा समावेश नहुने सन्दीपको घोषणा
काठमाडौं । नेपाली क्रिकेट टिमका पूर्वकप्तान तथा लेग स्पीनर सन्दीप लामिछानेले यसपटक नेपाल क्रिकेट संघ (क्यान)को केन्द्रीय सम्झौतामा समावेश नहुने...
-
प्रधानमन्त्रीद्धारा प्रेस चौतारीको प्रशिक्षण वर्ष २०८२ को लोगो सार्वजनिक
काठमाडौं । प्रधानमन्त्री केपी ओलीद्धारा प्रेस चौतारी नेपालको प्रशिक्षण वर्ष २०८२ को लोगो औपचारिक रूपमा सार्वजनिक गरिएको छ । प्रेस...
-
किरातीले ‘एयरपोर्ट बनाउनु टेम्पो चलाउनु जस्तो होइन’ भनेपछि !
काठमाडौं । पूर्वमन्त्री सुदन किरातीका प्रति धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ खनिएका छन्। हर्क धरानमा बन्ने भनिएको एयरपोर्टको विषय झिकेर...
-
काठमाडाैंको मखनटोलमा आगलागी, एक महिलाको गयो ज्यान
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर २४ स्थित मखन टोलमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । घरको तेश्रो...
-
सम्पत्ति शुद्धिकरण विभाग रेकर्ड ब्रेकको योजनामा, तथ्याङ्कले के देखाउँछ ?
काठमाडाैं । सम्पत्ति शुद्धिकरण विभागको स्थापनाकालदेखि अहिलेसम्म ४ हजार ३३ उजुरी दर्ता भएका छन् । विभागमा दर्जा उजुरीमध्ये ८० प्रतिशत...