लक्ष्मी सर सामुदायिक विद्यालय डुबाउने खेलमा !
आफ्ना सन्तान निजीबाट शिक्षित
काठमाडाैं । काठमाडाैंमा जारी शिक्षक आन्दोलन सहमतिभन्दा पनि बखेडातर्फ उन्मुख हुन थालेको प्रष्ट संकेतहरु देखिन थालेका छन् ।
नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले शिक्षक आन्दोलनलाई चर्काउने र सरकार नै ढाल्ने चेतावनी दिदै आएका छन् ।
कांग्रेसका खाँटी कार्यकर्ता समेत रहेका लक्ष्मी किशोर सामूदायिक विद्यालयका शिक्षक भएपनि उनले आफ्ना दुई छोरालाई भने काठमाडाैंकै प्रतिष्ठित निजी विद्यालयका पढाएको खुलेको छ ।
सर्वसाधारण जनताका छोराछोरीले बैशाख सकिनै लाग्दा पनि विद्यालय जाने वातावरण बन्न नदिएका लक्ष्मी सरले सामुदायिक विद्यालयलाई थप धरासयी बनाउने बाटोमा धकेल्ने प्रयासलाई जोड दिन थालेका छन् ।
‘दिनभर सडकमा कुर्लिने । सरकारले बोलाएको वार्तामा असहज माग पेश गर्ने र सोझासाझा शिक्षकलाई अधिकारको कुरा गरेर उत्तेजित पार्ने काम चलिरहेको छ । सरकारले ऐन ल्याउने मिति नै तोकिसकेको छ । बैशाख २३ गते संसदमा पेश हुने भनेपछि विद्यालय गएर वैशाख २३ कुर्न नसकिने स्थिति थिएन् । तर, सरकार नै ढाल्ने मनशाय बोकेपछि केहि नलाग्ने रहेछ । स्थानीय तहले शिक्षकलाई विद्यालय नफर्किए कारबाहीको चेतावनी दिन थालेपछि विद्यालय खुल्ने अपेक्षा त छ । तर, दलीय आधारमा विद्यालय खोल्न अपिल गर्ने काम भयो । यसले नेपालको सामुदायिक शिक्षालाई ठूलो खतरामा पारिदियो ।’ न्यूज नेपालसंग एक शिक्षकले भने ।
‘सामुदायिक विद्यालयको स्तरोन्नतिको कुनै सरोकार नराख्ने तर मागका नाममा जथाभावी गर्ने लक्ष्मी किशोर सुवेदीको हर्कतमाथि प्रश्न उठ्न थालेको छ । आफैले अध्यापन गराउने विद्यालय र आफ्नो क्षमतामाथि शंका हुँदा उनले आफ्ना सन्तानलाई निजीमा पढाए । अहिले उनैले आन्दोलनको नाममा सर्वसाधारणका छोराछोरीमाथि खेलवाड गरिरहेका छन् । शिक्षकका जायज माग पुरा हुनुपर्छ । यसमा शंका छैन् । शिक्षकलाई सम्मानदेखि मर्यादाक्रममा समेत राखिनुपर्छ । तर, आन्दोलनको नेतृत्व गर्नेहरुको रवैयाले सामूदायिक शिक्षा क्षेत्र ध्वस्त हुने बाटोमा जाने खतरा छ ।’ एक पूर्वशिक्षामन्त्रीको दाबी छ ।
उसोतः सरकारले वार्ता गरिरहेको छ । सकेसम्म मंगलबार वा नभए बुधवारसम्म सहमति गरेर शिक्षकलाई विद्यालय फर्काउने भनिरहेको छ । यद्यपी लक्ष्मी किशोर सुवेदी जस्ता नेतृत्वले कसरी लिन्छन भन्ने विषय नै केन्द्रमा रहेको देखिन्छ ।
Comments
अरु समाचार
-
खाना पकाउने ग्यासको अभाव देखिएपछि अनुगमन गर्दै विभाग
काठमाडाैं । बजारमा खानेतेल, खाना पकाउने ग्यासलगायत सामग्रीको कृत्रिम अभाव देखिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले राजधानीका विभिन्न स्थानमा...
-
काठमाडौंको वायु प्रदूषण अस्वस्थ तहमा
काठमाडौं । काठमाडौंमा वायुको गुणस्तर खराब बन्दै गएको छ । आज बिहान काठमाडौंमा वायु प्रदूषणले अस्वस्थताको तह नाघेको छ ।...
-
नोबेल शान्ति पुरस्कार विजेता मोहम्मदीलाई इरानमा साढे ७ वर्षको जेल सजाय
काठमाडौं । नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदीलाई इरानको एक अदालतले साढे सात वर्षको जेल सजाय सुनाएको छ । उनका...
-
प्राधिकरणले कर्मचारीलाई भन्यो- सामाजिक सञ्जाल प्रयोग गर्दा संस्थाको मर्यादाको ख्याल गर
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आफ्ना कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोग गर्दा संस्थाको मर्यादा र गरिमाको ख्याल गर्न सचेत गराएको छ...
-
आईसीसी टी–२० विश्वकप: नेपालले आज इंग्ल्याण्डसँग खेल्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले आज इंग्ल्याण्डसँग खेल्दैछ । खेल मुम्बईको वानखडे स्टेडियममा नेपाली समयअनुसार दिउँसो...
-
महाशिवरात्रिका लागि १७१ सदस्यीय मूल समारोह समिति गठन
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्ष अनिलकुमार सिन्हाको अध्यक्षतामा महाशिवरात्रि २०८२...
-
राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म भव्य रुपमा मनाइने
काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म मनाइने भएको छ । २००७ साल फागुन ७ गते नेपालमा राणाशासनको अन्त्य गरी...
-
कोइलाखानी विस्फोटमा दाजुभाइको मृत्यु
काठमाडौं । भारतको उत्तर पूर्वमा पार्ने मेघालय राज्यको एक कोइलाखानीमा भएको विस्फोटमा परेर खोटाङको बराहपोखरी गाउँपालिकाका एकै घरका २ दाजुभाइको...
-
निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकिँदा प्याकिङको काम धमाधम
काठमाडौँ। निर्वाचन आयोगले विभिन्न २५ जिल्लाको प्रत्यक्षतर्फको मतपत्रको छपाइ तथा प्याकिङ सम्पन्न भइसकेको जनाएको छ । आयोगले उपलब्ध गराएको विवरणअनुसार...











