ताजा समाचार

गगनविरुद्ध अदालतको अवहेलना मुद्दा सपना र नित्यानन्दको बेञ्चमा, पेशी पहिलो नम्बरमै

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्ध अदालतको अवहेलना मुद्दा सपना प्रधान मल्ल र नित्यानन्द पाण्डेयको इजलासमा पेशी चढेको छ ।

सर्वोच्चमा गगनविरुद्धको मुद्दाको पेशी पहिलो नम्बरमा परेको छ । यो मुद्दामा आजै सुनुवाई हुनेछ । गगनविरुद्ध अधिवक्ता अनन्तराज लुईटेल लगायतले अदालतको अवहेलना मुद्दा दायर गरेका थिए ।

संवैधानिक निकायमा ५२ जना पदाधिकारी नियुक्तिसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले मुद्दा झुलाइरहेको भन्दै थापाले केही दिन अघि सार्वजनिक अभिव्यक्ति दिएका थिए ।

संवैधानिक नियुक्ति भएका पदमा समयावधि सकिने बेला भइसकेको तर पनि फैसला नगरेर पख तलाई भन्ने गरेको भन्दै चर्को अभिव्यक्ति दिएका थिए । अदालतमा मुद्दा विचाराधिन अवस्थामै रहेको बेला उत्तेजित बनेका गगनविरुद्ध अवहेलनाको मुद्दा आज के होला भन्ने चासो समेत बढेको छ । संवैधानिक निकायका ५२ भाईको नियुक्तिविरुद्धको मुद्दा सुनुवाई चलिरहेको छ । प्रधानन्यायाधीश बेलायत गएकाले उनी फर्किएपछि यो मुद्दाको सुनुवाई निरन्तर हुने भनिएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org