लुम्बिनीमा बस सेवाः करोडौं खर्च भयो तर छैन प्रयोग
काठमाडौं । धार्मीक तथा पर्यटकीय स्थल लुम्बिनीमा आउने पर्यटकहरुको सहजताका लागि अत्याधुनिक विद्युतीय सवारीसाधन सञ्चालनमा ल्याइएको थियो । लुम्बिनी विकास कोषले सञ्चालन गर्ने उक्त बस कानुनी जटिलता र अनधिकृत प्रयोगका कारण बिग्रिएर थन्किएका छन् ।
यही वैशाख १३ गते लु १ झ ६९६ नं को विद्युतीय भ्यान लुम्बिनी ग्राम क्षेत्रभित्रको सडकमा अनियन्त्रित भई दुर्घटना हुँदा अगाडिको भागमा क्षति भएको छ । वि.सं २०८० चैत २३ गते सोही भ्यानलाई अनधिकृत व्यक्तिले प्रयोग गरिरहेको देखेर स्थानीयले प्रहरीलाई बुझाएका थिए । चालकसहित भ्यानमा सवार दुई जना कोषका पदाधिकारी वा कर्मचारी कोही थिएनन् ।
कोषको सूचना शाखाका कर्मचारी राजन बस्नेतले उक्त सवारी अनधिकृत रूपमा चलाउँदा २०८० साल साउन १९ गते दुर्घटना भएको थियो भने भ्यान मर्मतका लागि रु २८ लाख खर्च लाग्ने प्राविधिकले जनाएका छन् ।
बस्नेतले चलाएको उक्त सवारीको ठक्करबाट लुम्बिनी सांस्कृतिक नगरपालिका–७ पक्डीहवाका ४० वर्षीय रविन्द्र यादव घाइते भएका हुन् । साथै लु३१प १८६ नं को मोटरसाइकलमा ठूलो क्षति भएको उनको भनाइ छ । उनका अनुसार यहाँ लु १ झ ६९४ नंको भ्यान पछाडितर्फ ठोक्किएको छ ।
“ढोकामा ह्यान्डल गायब छ भने एउटा पाङ्ग्रा खोलिएको छ । लु १ झ ६९५ नं भ्यानको चारवटै पाङ्ग्रा पञ्चर भएको छ । पाँचमध्ये चार बसको एसी बिग्रिएको छ । लु १झ ३८४ नम्बरको बसमा अगाडिको सिसा फुटेको छ”, उनले भने ।
एसियाली विकास बैंकको दक्षिण एशिया पर्यटन पूर्वाधार विकास आयोजनाअन्तर्गतको क्लिनइनर्जी योजनाबाट लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत १९ वटा विद्युतीय सवारी कोषका नाममा विसं २०७९ जेठ १२ गते नामसारी भई आएका हुन् । विभिन्न दुर्घटनामा क्षतिग्रस्त भएका सवारीसाधन, तीनैमध्येबाट हुन् ।
लुम्बिनीमा ल्याइएका १४ भ्यान र पाँच वटा विद्युतीय बस वातानुकूलीत, अपाङ्गता मैत्री र स्वचालित ढोका भएका छन् । प्रत्येक बसमा १९ सिट र भ्यानमा पाँच सिट क्षमता छ । एकपटक पूरा चार्ज गरेपछि चार सय किमी गुड्नसक्ने उक्त बस÷भ्यानमा कार्डबाटै भुक्तानी गर्न सकिने सुविधा पनि छ ।
अदालतले सेतोलाई हरियो नं प्लेटमा रूपान्तरण गरी दाताको उद्देश्यअनुसार सञ्चालन गर्न एक महिनाको समय सीमा तोकेर परमादेश जारी गरेको, लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरामुद्दीन खाँले बताए । उनले भने, “उक्त समय सीमा नाघीसक्यो, अवस्था जस्ताको त्यस्तै छ ।”
“कानुनी अस्पष्टताका कारण सेतो प्लेटका सवारीसाधनलाई उद्देश्यअनुसारको प्रयोगमा ल्याउन सकेका थिएनौँ । अदालतको आदेशपछि प्रक्रिया अघि बढाइएको छ”, लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले भने, “अब हरियो प्लेट बनाएर उद्देश्यअनुसारको प्रयोगमा ल्याइनेछ ।”
Comments
अरु समाचार
-
बालेनका राइट ह्याण्ड राजुनाथ पाण्डे कारबाहीको अन्तिम चरणमा !
काठमाडाैं । काठमाडाैं महानगरपालिकाका मेयर बालेन्द्र साह 'बालेन'का राइटह्यण्ड राजुनाथ पाण्डेलाई स्पष्टीकरण सोधिएको छ । काठमाडाैं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत...
-
बन्दीपुरमा बस र टिप्पर एकापसमा जुध्दा दुर्घटना !
काठमाडौं । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रे नजिक आज बिहान बस र टिप्पर एकापसमा जुध्दा बसमा सवार ७ जना घाइते...
-
संसदमा प्रधानमन्त्री ओलीले जवाफ दिने
काठमाडाैं । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभामा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने भएका छन् । प्रतिनिधिसभाले सार्वजनिक गरेको दैनिक कार्यसूचीले नै...
-
आजको मौसमः पहाडी भेगमा चट्याङसहित वर्षा र हावाहुरी
काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त...
-
हेटौँडा–काठमाण्डौ जोड्ने कान्ति लोकपथ अवरूद्ध
काठमाडौं । बाढीले डाइभर्सन बगाएपछि हेटौँडा–काठमाण्डौ जोड्ने कान्ति लोकपथ अवरूद्ध भएको छ । गएरातिको पानीले बागमती खोलामा बाढी आएर डाइभर्सन...
-
देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा
काठमाण्डौ । देशका विभिन्न ठाउँमा रातिदेखि नै पानी परेको छ । पछिल्लो ६ घण्टामा कास्की, रौतहट र सप्तरीमा ठूलो पानी...
-
कोशीको बजेट अधिवेशन आजदेखि सुरु
काठमाडौं । कोशी प्रदेशसभाको बजेट अधिवेशन आज (आइतबार)देखि सुरु हुँदैछ। प्रदेशसभाका कार्यवाहक सचिव गौतमराज अमात्यले सातौं अधिवेशनको पहिलो बैठक प्रदेशसभा...
-
चितवन रत्ननगरमा बस दुर्घटना, १५ जना घाइते
काठमाडौं । चितवनको चितवन रत्ननगरमा बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका–१० मा यात्रीवाहक...
-
श्रीमति र छोरीको विश्वास नहुँदा बालेनको जापान भ्रमण रद्द, सल्लाहकार महालेखा र अख्तियारको नजरमा !
काठमाडाैं । काठमाडाैं महानगरपालिकाका मेयर बालेन्द्र साह 'बालेन' अन्तिममा आएर जापान जानबाट पछि हटेका छन् । मन्त्रिपरिषद्ले ३० वैशाखदेखि १...