ताजा समाचार

रुसले तीनदिन युक्रेनमा आक्रमण नगर्ने

काठमाडौं । लामो समयबाट युद्धरत देश रुसका राष्ट्रपति भ्लादमिर पुटिनले तीनदिने युद्धविराम घोषणा गरेका छन्।

पुटिनले मे ८ बाट १० सम्म तीनदिन युद्धविरामको घोषणा गरेका हुन् । उनले दोस्रो विश्वयुद्ध अन्त्य भएको ८० औँ वार्षिकोत्सवको संयोग पारेर पुटिनले ७२ घण्टासम्म सबै खालका सैन्य कारबाही रोक्ने बताएका छन् ।

मस्कोले ‘मानवीय’ कारणले युद्धविराम घोषणा गरिएको जनाउँदै युक्रेनले पनि त्यसलाई मान्ने अपेक्षा गरिएको बताएको छ।

छोटो समयका युद्धविराम गर्नु क्रेम्लिनको पुरानै रणनीति हो। यसअघि पनि मानवीय कारण देखाउँदै पुटिनले ईस्टर पर्वका बेला ३०–घण्टे युद्धविराम घोषणा गरेका थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org