ट्रम्पको प्रस्ताव पुटिनद्धारा अस्विकार
काठमाडौं । रुस–युक्रेन युद्ध अन्त्यका निम्ति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याएको शान्ति सम्झौताको प्रस्तावलाई रुसले अस्वीकार गरेको छ ।
रुसी सेनाले कब्जा गरेका युक्रेनका क्षेत्रलाई रुसको भूभागका रूपमा अन्तर्राष्ट्रिय मान्यता नदिइएको भन्दै सो प्रस्ताव अस्वीकार गरेको द टेलिग्राफले जनाएको छ ।
रुसी विदेशमन्त्री सेर्गेई लाभ्रोभले रसियाका माग सो प्रस्तावमा सम्बोधन नगरिएको बताए । रुसले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई हटाउने र युक्रेनको सशस्त्र बलको आकार घटाउनेलगायत प्रस्ताव गरेको थियो ।
ट्रम्पको प्रस्तावमा प्रत्यक्ष प्रतिक्रिया दिने लाभ्रोभ रुसको सबैभन्दा वरिष्ठ अधिकारी हुन् । यो भनाइले रुसले शान्तिवार्ताका निम्ति कडा रूप अपनाएको संकेत दिएको बताइएको छ ।
रुसी प्रमुख कूटनीतिज्ञले रुसी सेनाले क्रिमियालगायत आंशिक रूपमा मात्र कब्जा गरेका डोनेत्स्क, लुहान्स्क, खेरसन र जापोरिझिया क्षेत्रलाई रुसको भूभागको रूपमा अन्तर्राष्ट्रिय मान्यता दिनुपर्ने बताए ।
यसैबीच, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युरोपमा दोस्रो विश्वयुद्धको ८०औँ वार्षिक उत्सवको अवसरमा अर्को महिना ७२ घण्टे (मे ८ देखि ११)को अस्थायी युद्धविरामको प्रस्ताव राखेका छन् ।
Comments
अरु समाचार
-
पोखरा विमानस्थलमा लेखा उसमितिको छानविनमा चिनियाँ कम्पनीको आपत्ति (विज्ञप्तिसहित)
काठमाडाैं । पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलबारे संसदको सार्वजनिक लेखा उपसमितिले बनाएको प्रतिवेदनमा परियोजना ठेकेदार कम्पनी चाइना सीएएमसीईले आपत्ति जनाएको छ...
-
पूर्वप्रधानमन्त्री प्रचण्डको आग्रहमा पारिवारिक भ्रमण रोकेकी पूर्वराष्ट्रपति विद्यादेवी चीन जाँदै
काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमणमा जाने भएकी छन् । २०८१ जेठ २७ गते प्रचण्ड भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...
-
बाइडेनलाई प्रोस्टेट क्यान्सर पुष्टि !
काठमाडौं । पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर पुष्टि भएको छ । उनको कार्यालयबाट विज्ञप्तिमार्फत क्यान्सर संक्रमणबारे जानकारी दिएको...
-
पाकिस्तानमा खाद्य असुरक्षा बढ्दो, पाँच वर्षसम्मका २१ लाख बालबालिका कुपोषित
इस्लामावाद । पाकिस्तानमा खाद्य असुरक्षा बढ्दोरुपमा रहेको पछिल्लो प्रतिवेदन सार्वजनिक भएको छ । पाकिस्तानमा एक करोड १० लाख मानिस तीव्र...
-
गाजामा इजरायली हमलामा बालबालिकासहित ३३ जनाको मृत्यु
काठमाडौं । इजरायलले विस्तारित सैन्य अभियानको घोषणा गरेको एक दिनपछि गाजाको नागरिक सुरक्षा एजेन्सीले आइतबार इजरायली हवाई आक्रमणमा कम्तीमा ३३...
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफलः परराष्ट्रमन्त्री
काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले जलवायु परिवर्तनका कारण हिमालदेखि टापुसम्म उत्पन्न समस्याबारे आवाज उठाउन सगरमाथा संवाद सफल भएको...
-
हैदरावादमा आगलागी हुँदा १७ को ज्यान गुम्यो
काठमाडौं । आइतबार बिहान हैदराबादको चारमिनार नजिकै रहेको गुलजार हाउसको एक भवनमा आगलागी भएको छ। दुर्घटनामा हालसम्म १७ जनाको मृत्यु...
-
फिनल्यान्डमा दुई हेलिकोप्टर जुध्दा पाँच जनाको मृत्यु
काठमाडौं । फिनल्यान्डमा दुई हेलिकोप्टर एकापसमा जुध्दा पाँच जनाको मृत्यु भएको छ । पश्चिमी फिनल्यान्डमा आकाशमै दुई निजी हेलिकोप्टर ठोक्किँदा...
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमा कुरा गरी युक्रेनमा ‘रक्तपात’ अन्त्य गर्ने बताउनुभएको छ...