ताजा समाचार

भाजपा विदेश विभाग प्रमुख काठमाडौंमा

काठमाडौं । भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवाले नेपाल भ्रमणमा आएका छन् ।

तीन दिनको नेपाल भ्रमणका लागि बुधबार बिहान काठमाडौं आइपुगेका उनी शुक्रबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

काठमाडौंमा रहँदा चौथाईवाले प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित सत्ता पक्ष एवम् विपक्षी दलका शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको बुझिएको छ ।

त्यस्तै, चौथाईवालेसँग मधेसी मोर्चाका नेताहरूको समूह बैठकको समेत रहेको बताइएको छ । उनले नेपालका सबै राजनीतिक दलहरूसँग सम्बन्ध अझ प्रगाढ बनाउन भ्रमण गर्न लागेको बताएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org