ताजा समाचार

पेस्तोल पड्काएर भाइरल बनेकी जसपा नेतृलाई प्रहरीले बोलायो

काठमाडौं । सामाजिक सञ्जालमा पेस्तोल पड्काएर नाच्दै गरेको भिडियो भाइरल बनेको पछि जसपा नेपालकी केन्द्रीय नेता डा. बबी सिंह यादवलाई प्रहरीले सोधपुछका लागि बोलाएको छ ।

बुधबार सामाजिक सञ्जालमा सार्वजनिक भएको उक्त भिडिओमा सिंहसँगै अन्य मानिसहरु पनि नाचिरहेको देखिन्छ । पेस्तोलबाट सिंहले एक राउण्ड ‘हवाई फायर’ गरेको धुवाँ उडेको दृश्य पनि भिडिओमा देखिन्छ । त्यसपछि अर्का युवाले उक्त पेस्तोल समाएको देखिन्छ ।

सो भिडिओ भाइरल भएपछि यसबारे अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । अहिलेसम्म उक्त भिडिओ कहाँको र कहिलेको हो भन्ने केही खुलिनसकेको प्रहरीले जनाएको छ ।

भिडिओ सार्वजनिक भएपछि अनुसन्धानका लागि सिंहलाई बोलाइएको प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org