ताजा समाचार

पेस्तोल डान्स गरेर भाइरल बेनकी जसपा नेतृ भन्छिन् ‘खेलौना हो पेस्तोल होईन्’

काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमा पेस्तोल डान्स गरेको भिडियो भाइरल बनेपछि जसपा नेपालकी नेतृ डा.बबी सिंह यादवले यस विषयमा स्पष्टिकरण दिएकी छन् ।

एकाएक सामाजिक सञ्जालमा अन्य मानिस सहित पेस्तोल पड्काएर डान्स गर्दै गरेको भिडियो भाइरल बनेर ओलोचित बनेपछि यादवले यस विषयलाई लिएर बिहीबार सामाजिक सञ्जाल फेसबुकमा खेलौना पेस्तोल फायर गरेको बताएकि छन् ।

उनले लेखेकी छिन्, ‘हिजोदेखि सामाजिक सञ्जालमा भाइरल बनाइएको एक भिडियोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । भारतको सीमावर्ती सहर सीतामढीमा मेरो मामाकी छोरी (बहिनी)को वैवाहिक समारोहमा स्थानीय चलन अनुसार आफन्तको निजी निवासस्थित आँगनमा आफ्ना भाई बहिनीहरूको आग्रहलाई स्वीकार गरी नृत्य गर्दा मैले ‘रेन्जर टोइ’ नामक खेलौनाले गरेको फायरलाई अतिरञ्जित नबनाई दिनु हुन यहाँहरू सम्पूर्णलाई हार्दिक अनुरोध गर्दछु ।’

उनले आफ्नो परिवारका सदस्यहरूसँग रमाइलो गर्दा खिचिएको सो भिडियोलाई अनुमति बिना सामाजिक सञ्जालमा हालेकोप्रति पनि घोर भर्त्सना समेत गरेकी छिन्।

पूर्वमन्त्री तथा राष्ट्रियसभा सदस्य मृगेन्द्र सिंह यादवकी छोरी समेत रहेकी नेतृ डा. बबीले सप्तरी बोदेबर्साइनको एक विवाह समारोहमा पेस्तोल बोकेर डान्स गरेकी हुन् ।

उनको सो भिडिओका विषयमा सोधपुछ गर्न जिल्ला प्रहरी कार्यालय सुनसरिले बोलाएर सोधपुछ गर्ने समेत जनाएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org