ताजा समाचार

तरकारी बेच्न नदिएको भन्दै नुवाकोटका स्थानियले रोके काठमाडौंका फोहोर बोक्ने गाडी

काठमाडौं । काठमाडौंबाट फोहोर बोकेर बञ्चरेडाँडा ल्यान्ड फिल साइट गएका काठमाडौं महानगरपालिकाका ट्रक नुवाकोटका स्थानीयले रोकिदिएका छन् ।

महानगरबाट फोहोर बोकेर गएका करिब २ सय गाडी स्थानीयले सडकमा ढुंगामुढा राखेर ककनी गाउँपालिका–१ मा रोकिदिएका हुन् ।

बालाजुमा नुवाकोटका स्थानीयले तरकारी बेच्न ल्याएको बेला नगर प्रहरीले धरपकड गरेको उनीहरूको आरोप छ ।

‘हाम्रो फोहोर बोकेर जाने सबै गाडी रोकिएको छ । अहिले हामी वार्ता गर्दैछौं, दैनिक २ सय ट्रक फोहोर बञ्चरेडाँडा जाने गर्दछ,’ महानगरका वातावारण विभाग प्रमुख सरिता राईले भनिन् ।

फोहोर बोक्ने गाडी रोकिएपछि बालाजु प्रहरी चौकीमा दुवै पक्षबीच वार्ता भइरहेको महानगरले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org