ताजा समाचार

विश्वविद्यालयको सहकार्यमा शिक्षक बैंक स्थापना गरिने

काठमाडौं । शिक्षक बैंक स्थापना हुने भएको छ । शुक्रबार संघीय संसद्‍मा प्रस्तुत आर्थिक वर्ष २०८२र८३ को नीति तथा कार्यक्रममा शिक्षक बैंक स्थापना गर्ने विषय छ ।

राष्ट्रपति रामचन्द्र पौडेलका अनुसार विश्वविद्यालयको सहकार्यमा शिक्षक बैंक स्थापना गरिनेछ । नीति तथा कार्यक्रम बाचन गर्दै राष्ट्रपति पौडेलले भनेका छन्, ‘भौगोलिक क्षेत्रमा आवासीय विद्यालय खोलिने छ ।

शिक्षक दरबन्दीको पुनरावलोकन गरिने छ । विश्वविद्यालयको सहकार्यमा शिक्षक बैंक स्थापना गर्नेछ । शिक्षकको राष्ट्रिय मापदण्ड लागू गरिनेछ ।’

उच्च शिक्षालाई अनुसन्धानमा आधारित बनाइने, शैक्षिक गुणस्तर मानक बनाएर स्थानीय तहसम्मै लागु गरिने, विश्वविद्यालय अनुदान विद्यार्थीका आधारमा वितरण गरिने लगायतका कार्यक्रम आएका छन् । तर, शिक्षक बैंक के हो रु यसबारे स्पष्ट केही भनिएको छैन ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org