चिली र अर्जेन्टिनामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प
सुनामी जोखिमको चेतावनी
सान्टीएगो । चिली र अर्जेन्टिनाको दक्षिणी तटमा ७.४ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्भे (यूएसजीएस) का अनुसार भूकम्पको गहिराइ १० किलोमिटर रहेको छ । भूकम्पलगत्तै चिलीले हिजो देशको दक्षिणी क्षेत्रमा सुनामीको चेतावनी जारी गरेको छ ।
सुनामीको जोखिम हुनसक्ने भएकाले म्यागालेन्स क्षेत्रको तटीय क्षेत्र खाली गरी सुरक्षित ठाउँमा जान आग्रह गरिएको चिलीको विपत् व्यवस्थापन निकाय सेनाप्रेडले जनाएको छ । राष्ट्रपति गेब्रियल बोरिकले पनि आफ्नो एक्स अकाउन्टमा ‘म्यागालेन्स क्षेत्रभरि समुद्र तट खाली गर्न’ आह्वान गर्नुभएको छ । भूकम्पपछि स–साना परकम्प गइरहेका छन् ।
म्यागालेन्स क्षेत्र चिलीको दोस्रो ठूलो तर कम जनसङ्ख्या भएको क्षेत्र हो र यो अर्जेन्टिनाको टिएरा डेल फुएगो प्रान्तसँग जोडिएको छ । अर्जेन्टिनाको टिएरा डेल फुएगोको गभर्नरको कार्यालयले भूकम्पको धक्का मुख्यतया उसुइया शहर र टिएरा प्रान्तका अन्य शहरमा महसूस गरिएको उल्लेख गरेको बीबीसीले जनाएको छ ।
भूकम्पका कारण मानवीय र भौतिक भए/नभएको विवरण आइसकेको छैन । चिली भूकम्प अति प्रभावितमध्ये पर्ने देश हो । यसअघि सन् १९६० मा दक्षिणी शहर भाल्डिभियामा ९.५ म्याग्निच्युडको भूकम्पबाट कम्तीमा नौ हजार पाँच सय जनाको ज्यान गएको थियो । यो भूकम्पलाई अहिलेसम्मकै सबैभन्दा शक्तिशाली मानिएको छ । त्यस्तै सन् २०१० मा चिलीको मध्य तटीय क्षेत्रमा गएको ८.८ म्याग्निच्युडको भूकम्पमा परी ५ सय २० जानभन्दा धेरैको ज्यान गएको थियो ।
Comments
अरु समाचार
-
आजबाट माओवादीको ‘मध्यपहाडी राजमार्ग केन्द्रित अभियान’
काठमाडौं । राजमार्ग केन्द्रित अभियान गरिरहेको माओवादी केन्द्रले शुक्रबारबाट पुष्पलाल मध्यपहाडी राजमार्ग केन्द्रित अभियान सुरू गर्दैछ। त्यसका लागि माओवादी केन्द्रका...
-
‘सगरमाथा संवाद’ आजदेखि, १७५ विदेशी पाहुनाको सहभागिता
काठमाडौं । जलवायु परिवर्तन र त्यसले पारेको प्रभावबारे विश्व समुदायलाई जानकारी गराउने तथा समाधानका उपाय खोज्ने उद्देश्यका साथ सरकारले पहिलोपटक...
-
आजको राशिफल: २०८२ जेठ २ गते शुक्रबार
मेष: साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ। सामाजिक दायित्व बढ्नेछ। सानो प्रयत्नले समाजका लागि धेरै...
-
सगरमाथाको चुचुरो चुम्ने महामन्त्री शर्माको संकल्प !
काठमाडौं । नेपाली कांग्रेस महाममन्त्री विश्वप्रकाश शर्माले सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा पुगेका छन् । शर्माले सामाजिक सञ्जालमा विभिन्न तस्बिर...
-
प्रधानमन्त्रीसँग रुसी प्रतिनिधिमण्डलको शिष्टाचार भेट
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग रुसी महासङ्घअन्तर्गतको काल्मिकियाका प्रमुख बाटु कासिकोभ नेतृत्वको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ ।...
-
कांग्रेस नेता बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम’ (टेरामक्स) खरिद प्रक्रियामा अनियमितता गरेको आरोपमा तत्कालीन...
-
प्रधानमन्त्रीसँग चिनियाँ जनकङ्ग्रेसका उपाध्यक्षको शिष्टाचार भेट !
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेको चिनियाँ जनकङ्ग्रेसको स्थायी समितिका उपाध्यक्ष सिआओ ची नेतृत्वको प्रतिनिधिमण्डलले आज शिष्टाचार...
-
संवैधानिक अंगका पदाधिकारी नियुक्ति संविधान र कानूनसम्मत भएको वरिष्ठ अधिवक्ताहरूको तर्क हाबी
काठमाडाैं । चर्चित संवैधानिक अंगहरूमा पदाधिकारी नियुक्तिविरुद्धको चार वर्षअघिको रिटमा प्रत्यर्थी (संवैधानिक अंगका पदाधिकारी)हरूका कानून व्यवसायीले ओजिलो, तर्कशील र तथ्यपरक...
-
आज प्रतिनिधिसभाको बैठक, यस्ता छन् सम्भावित कार्यसूची
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने छ । बैठकमा...