अमेरिकी डिभी लोटरीको नतिजा सार्वजनिक, कसरी थाह पाउने?
काठमाडौं । अमेरिकी डाइभर्सिटी भिसा (डिभी) लोटरी २०२६ को नतिजा सार्वजनिक भएको छ। न्युयोर्क समय अनुसार मध्यान्ह १२ बजे उक्त नतिजा अमेरिकी विदेश मन्त्रालयको कन्सुलर अफेयर्स ब्यूरोले अनलाइनमार्फत प्रकाशित गरेको हो।
डिभी विजेताहरूले सन् २०२५ को अक्टोबर १ बाट भिसा प्रक्रिया सुरु गर्न सक्नेछन् भने सन् २०२६ को सेप्टेम्बर ३० भित्र भिसा प्राप्त गरिसक्नुपर्नेछ। निर्धारित समयसीमाभित्र भिसा प्रक्रिया पूरा नगर्नेहरू स्वतः अयोग्य ठहरिने विदेश मन्त्रालयले जनाएको छ ।
गत वर्ष अक्टोबर २ देखि नोभेम्बर ७ सम्म आवेदन दिएका आवेदकहरूले अनलाइनमार्फत आफ्नो नतिजा जाँच गर्न सक्नेछन्। साथै, आवेदकहरूलाई कम्तीमा सन् २०२६ को सेप्टेम्बर ३० सम्म आफ्नो कन्फर्मेसन नम्बर सुरक्षित राख्न सल्लाह दिइएको छ।
डिभी परे/नपरेको थाहा पाउन आवेदकले आफ्नो कन्फर्मेशन नम्बरसँगै थर र जन्मेको वर्ष इन्ट्री गर्नुपर्नेछ । यी सूचनासहित अमेरिकी विदेश मन्त्रालयको वेबसाइटमा दिइएको यो लिंकमा क्लिक गरी नतिजा थाहा पाउन सकिनेछ । कन्फर्मेशन नम्बर, थर र जन्मेको वर्ष इन्ट्री गरेपछि छनौट भए/नभएको र भएमा अगाडि के गर्ने भन्ने प्रक्रिया थाहा हुनेछ ।
Comments
अरु समाचार
-
Chinese Embassy in Nepal Launches ‘Chinese Embassy Youth Pioneer Program’
Kathmandu: The Chinese Embassy in Nepal has launched the 'Chinese Embassy Youth Pioneer Program' with the objective of empowering Nepali...
-
पूर्वमन्त्री खड्कालाई थुनामुक्त गर्न सर्वोच्चले दियो आदेश
काठमाडौं । सर्वोच्च अदालतले पूर्वमन्त्री दिपक खड्कालाई रिहा गर्न आदेश दिएको छ। बिहीबार सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल...
-
न्यायालयमा ४० वर्ष बिताएका संखुवासभाका भण्डारी ‘सम्पत्ति छानबिन आयोग’ को संयोजक
काठमाडौं । सरकारले सम्पत्ति जाँचबुझ छानबिन आयोगको संयोजकमा संखुवासभा स्थायी घर भएका सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीलाई चयन गरेको छ...
-
यी हुन् पछिल्लो पटक मन्त्रिपरिषद् बैठकले गरेका मुख्य निर्णयहरू
काठमाडौं । अनलाइन सट्टेबाजीसँग सम्बन्धित १० हजारभन्दा बढी एप्लिकेसन (एप) र वेबसाइट (यूआरएल) बन्द गरिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका...
-
‘सर्वे भवन्तु सुखिन:’- प्रधानमन्त्री शाहले संस्कृत श्लोकमार्फत दिए नयाँ वर्षको शुभकामना
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले नयाँ वर्ष २०८३ को सुखद अवसरमा समस्त नेपालीमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना...
-
शाह नेतृत्वको मन्त्रिपरिषद्मा महिला प्रतिनिधित्व हालसम्मकै उच्च
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले महिला सहभागितामा हालसम्मकै ऐतिहासिक उपलब्धि हासिल गरेको छ । शाह नेतृत्वको १६ सदस्यीय...
-
आजदेखि ‘शून्य बाँकी फाइल अभियान सुरु हुँदै
काठमाडौं । सरकारी कार्यालयमा दर्ता भएका, सुरुआती टिप्पणीलगायत फाइल विभिन्न तह र टेबलमा अनावश्यक रूपमा थन्काएर निर्णयमा ढिलाइ हुने प्रवृत्ति...
-
प्रधानमन्त्रीसहित अन्य मन्त्रीहरूको सम्पत्ति कति ?
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार सम्पत्ति विवरण...
-
साउदी अरबमा एकैदिन सात जनालाई मृत्युदण्ड
दुबई । साउदी अधिकारीहरूले एकै दिनमा लागुऔषध ओसारपसारको अभियोगमा दोषी ठहर भएका सात जनालाई मृत्युदण्ड दिएका छन् । पाँच साउदी...












