चेन्नईलाई हराउँदै आरसीबी तालिकाको शिर्ष स्थानमा
काठमाडौं । भारतमा जारि इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी)ले चेन्नई सुपर किङ्ग्सलाई हराउँदै अंक तालिका को शिर्ष स्थानमा उक्लिएको छ । गएराति भएको प्रतिस्पर्धात्मक खेलमा बेङ्गलुरुले चेन्नईलाई दुई रनले हराएको हो ।
बेङ्गलुरुले दिएको दुई सय १४ रनको लक्ष्य पछ्याएको चेन्नईले पाँच विकेट गुमाएर दुई सय ११ रन मात्र बनाउन सक्यो । चेन्नईका लागि आयुष म्हात्रेले ९४ रन र रविन्द्र जडेजाले अविजित ७७ रन बनाउँदा पनि टोलीको हार टार्न सकेनन् । बेङ्ग्लुरुका लुङ्गी इिन्डीजले तीन तथा कुर्नाल पाण्डेय र यश दयालले समान एक विकेट लिए ।
त्यसअघि घरेलु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको बेङ्गलुरुले पाँच विकेट गुमाएर दुई सय १३ रन बनायो । बेङ्गलुरुका लागि विराट कोहलीले ६२, याकूब बेथेलले ५५ र रोमारियो शेफर्डले अविजित ५३ रन बनाए । चेन्नईका मथीशा पाथिरानाले ३ तथा नूर अहमद र रविन्द्र जडेजाले समान एक विकेट लिए ।
यो जीतसँगै बेङ्गलुरु ११ खेलमा १६ अङ्कसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । समान खेलमा चेन्नई ४ अङ्कसहित तालिकाको पुछारमा छ । चेन्नई यसअघि नै प्लेअफ होडबाट बाहिरीसकेको छ । आईपीएल क्रिकेटमा आज कलकत्ता नाईट रायडर्स र राजस्थान रोयल्स तथा पञ्जाब किङ्ग्स र लखनउ सुपर जायन्टस्बीच खेल हुनेछ ।
यस्तो छ अंक तालिका:

Comments
अरु समाचार
-
गर्मीका कारण वीरगञ्जका विद्यालयमा बिहान सञ्चालन
काठमाडौं । अत्यधिक गर्मीका कारण वीरगञ्ज महानगर क्षेत्रका विद्यालयमा बिहान पठनपाठन प्रारम्भ भएको छ । वीरगञ्ज महानगरको निर्णयअनुसार बिहीबारदेखि महानगरभित्रका...
-
विश्वकप एसिया छनोटः नेपाल र हङकङसँग ७ विकेटले पराजित
काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा मंगलबार भएको खेलमा नेपाल हङकङसँग ७ विकेटले पराजित भएको छ । समूह...
-
सगरमाथा संवाद: विश्वका ६१ बढी विकास सहायता संस्थाहरू सहभागी हुँदै
काठमाडौं । नेपाल सरकारले आयोजना गर्न लागेको सगरमाथा संवादमा विभिन्न मुलुकका १ सय ७५ जना प्रमुख तथा प्रतिनिधिसहित ६१ बढी...
-
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
काठमाडौं। म्याग्दीमा सोमबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको अन्नपूर्ण गाउँपालिका–३मा बेनी–जोमसोम–कोरला सडकअन्तर्गत दानादेखि बेनीतर्फ आउँदै...
-
जाजरकोटमा कैदीले कारागार भित्रै आत्महत्या !
काठमाडौं । जाजरकोट कारागारमा एक कैदीले आत्महत्या गरेका छन् । भेरी नगरपालिका–१० का २५ वर्षीय दीपक बुढाले आइतबार कारागारको शौचालयमा...
-
श्रीलङ्कामा बस दुर्घटना हुँदा १५ तीर्थयात्रीको मृत्यु !
काठमाडौं । श्रीलङ्कामा बौद्ध धर्मावलम्बी दर्जनौँ तीर्थयात्री चढेको बस आइतबार दुर्घटना हुँदा १५ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते...
-
टी–20 विश्वकप छनोट: नेपाल र हंकङबीचको खेल रद्द
काठमाडौं । आईसीसी महिला टी–20 विश्वकप एसिया छनोटअन्तर्गत आज हुने भनिएको नेपाल र हंकङबीचको खेल रद्द भएको छ । थाइल्यान्डमा...
-
सुनको मूल्यमा सामान्य वृद्धि
काठमाडौं । पछिल्ला दिनहरुमा लगातार बढि रहेको सुनको मूल्य आज पनि बढेको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य...
-
एमालेको धनुषा अधिवेशनमा नेताहरु भिड्दा पाँचजना घाइते
काठमाडौं । नेकपा एमाले धनुषाको ८ औं जिल्ला अधिवेशन स्थलमा दुई पक्षीय नेताहरु भिड्दा दुई नेतासहित पाँचजना घाइते भएका छन्...