विरोधीलाई कामबाटै ओलीको जवाफ, सडक अराजकताको अन्त्य !
काठमाडाैं । सरकारले सुशासन कायम गराउने अभियानलाई तीब्रता दिएको छ ।
सडकमा देखिएका आन्दोललाई सरकारले सकेसम्म सहमतिबाटै समाधान निकाल्ने गरि अघि बढ्दा नतिजाहरु देखिन थालेका छन् ।
शिक्षक आन्दोलन सरकर ढाल्ने दिशातर्फ उन्मुख गराउन खोजिएको बेला प्रधानमन्त्री केपी ओलीले सावधानीपूर्वक समाधानको निर्देशन दिएपछि शिक्षक सडकबाट विद्यालय फर्किसकेका छन् । यस्तै, विभिन्न अस्पतालका ओपीडी बन्द गरेर सडकमा उत्रिएका चिकित्सक पनि नियमित काममा फर्किने भएका छन् ।
प्रधानमन्त्री ओलीले कानूनको पालना जोकोहिले गर्नुपर्ने भाष्य स्थापित गराउने गरि सरकारका अधिकारीहरुलाई काम गर्न निर्देशन दिएपछि केहिदिन पहिले स्वास्थ्यमन्त्री प्रदीप पाैडेलले कडा निर्देशन दिदै निजी मेडिकल कलेजहरुलाई सम्बन्धन खारेजी हुनसक्ने चेतावनी दिएका थिए ।
पछिल्लो समय सरकारविरुद्धका गतिविधि यस्तै खाले आन्दोलनलाई केन्द्रित पार्ने स्थिति निर्माण गर्न राजनीतिक शक्तिहरु समेत सक्रिय हुन थालेपछि प्रधानमन्त्री ओलीले सक्रियतापूर्वक कानूनले दिने र मिल्ने विषयमा कन्जुस्याई नगरि काम गर्न निर्देशन दिएपछि स्थिति फेरिएको हो ।
उसोतः प्रधानमन्त्री ओलीले यस्तो निर्देशन पहिले नै दिइसकेका थिए तर, विभिन्न कारण कार्यान्वयनको बाटोमा आइपुग्ने स्थिति बन्न सकेको थिएन् । तर, गणतन्त्रविरुद्ध नै षडयन्त्र हुनसक्ने स्थिति सिर्जनाको प्रयासपछि भने प्रधानमन्त्री ओलीले आफै सक्रियता लिएका हुन् ।
शिक्षक, आवासीय चिकित्सकको आन्दोलनलाई समाधानमा पुर्याएपछि अब सुशासन र भ्रष्टाचारविरुद्धको कदलाई सरकारले तीब्रता दिने गरि रोडम्याप तयार पारिसकेको छ भने कांग्रेस एमालेबीच सरकार निर्माणको बेला भएको संविधान संशोधनको सहमतिलाई समेत आगामी वर्षको नीति तथा कार्यक्रममा नै समावेश गरेर सरकारले काम गर्ने संकेत गरेको छ ।
असन्तुष्ट आवाजलाई संविधान संशोधनमार्फत समाधान दिन सकिने भन्दै सरकारले चालेका कदमले कस्तो नतिजा दिन्छ भन्ने विषय विस्तारै प्रभाव पर्ने र ओलीले ड्रिम प्रोजेक्टका रुपमा सामाजिक सुरक्षामा सबैखाले श्रमिकलाई जोड्नैपर्ने अनिवर्य व्यवस्था समेत लागु गराउने भएका छन् ।
सरकारसँग मात्रै गुनासो गर्दै एकहोरो विरोध गर्नेको मुख बन्द गराउने गरि ओलीले आगामी वर्षलाई नेपाल निर्माणको युगको रुपमा लैजाने तयारी गरेको बताइन्छ । तर, सरकारका मन्त्रीहरुले कस्तो क्षमता देखाउछन भन्ने विषयले समेत धेरै कुराको निर्क्याैल गर्नेछ ।
Comments
अरु समाचार
-
पूर्वमन्त्री खड्कालाई थुनामुक्त गर्न सर्वोच्चले दियो आदेश
काठमाडौं । सर्वोच्च अदालतले पूर्वमन्त्री दिपक खड्कालाई रिहा गर्न आदेश दिएको छ। बिहीबार सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल...
-
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरूले कानुन विपरीत उठाउँदै आएको भर्ना र अन्य शुल्क फिर्ता गराउन...
-
विद्युतीय भुक्तानी कार्डमा राष्ट्र बैंकको कडाई, एकीकृत निर्देशन २०८२ जारी
काठमाडौं । नेपाल राष्ट्र बैंक ले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८२ जारी गर्दै विद्युतीय भुक्तानी कार्ड सञ्चालनमा थप स्पष्टता र...
-
आर्थिक अपराध नियन्त्रणमा प्रहरी सक्रिय, एक महिनामा एक हजार १६६ मुद्दा दर्ता
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँले एक महिना (चैत) को अवधिमा एक हजार १६६ वटा मुद्दा दर्ता गरेको छ ।...
-
न्यायालयमा ४० वर्ष बिताएका संखुवासभाका भण्डारी ‘सम्पत्ति छानबिन आयोग’ को संयोजक
काठमाडौं । सरकारले सम्पत्ति जाँचबुझ छानबिन आयोगको संयोजकमा संखुवासभा स्थायी घर भएका सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीलाई चयन गरेको छ...
-
यी हुन् पछिल्लो पटक मन्त्रिपरिषद् बैठकले गरेका मुख्य निर्णयहरू
काठमाडौं । अनलाइन सट्टेबाजीसँग सम्बन्धित १० हजारभन्दा बढी एप्लिकेसन (एप) र वेबसाइट (यूआरएल) बन्द गरिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका...
-
१० हजारभन्दा बढी अनलाइन सट्टेबाजी एप र वेबसाइट बन्द
काठमाडौं । अनलाइन सट्टेबाजीसँग सम्बन्धित १० हजारभन्दा बढी एप्लिकेसन (एप) र वेबसाइट (यूआरएल) बन्द गरिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका...
-
नयाँ वर्षमा बाह्र हजार बढीले गरे मुक्तिनाथको दर्शन
मुस्ताङ । नयाँ वर्ष २०८३ सालको पहिलो दिन मुक्तिनाथ मन्दिरमा करिव बाह्र हजार धार्मिक तिर्थालुले दर्शन गरेका छन् । सुस्वास्थ्य,...
-
आजदेखि देशभर दोस्रो आर्थिक गणना सुरु हुँदै
काठमाडौं । आजदेखि देशभर दोस्रो आर्थिक गणना हुँदैछ । त्यसका लागि देशभर नै गणक तथा आवश्यक सुपरीवेक्षक सम्बन्धित क्षेत्रमा पुगिसकेका...












